डाेड खाेला झाेलुङ्गे पुलको लुम्बिनी प्रदेश भौतिक पूर्वाधार मन्त्रीबाट उद्घाटन

भुवन सिंजाली
प्रकाशित : २०७७ फागुन १९ गते १९:५०

डाेड खाेला झाेलुङ्गे पुलको लुम्बिनी प्रदेश भौतिक पूर्वाधार मन्त्रीबाट उद्घाटन

लुम्बिनी प्रदेश भाैतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चाैधरिले डाेड खाेला झाेलुङ्गे पुलको रिवन काटेर उद्घाटन गर्नु भएको छ। पूर्वखाेला गाउपालिकाकाे ४ नम्बर देविनगरकाे मङ्गला र रम्भा गाउपालिकाकाे ५ नम्बर वडा ताहुकाे छिसखाेला जाेड्ने झाेलुङ्गे पुलकाे उद्घाटनमा बाेल्दै मन्त्री चाैधरिले अब कुनै पनि जनतालाई यातायात खानेपानी शिक्षा स्वास्थ्यबाट बन्चित हुन नपर्ने यदि कसैलाई सुविधा नपुगेको भए स्थानीय सरकार प्रदेश सरकार र केन्द्र सरकारमा गुनासो गर्नुहाेस् सके यही वर्ष भित्र नभए अर्को वर्षमा जनताको अावश्यकता अनुसार काम हुने बताउनु भयो । देशमा याे सरकारले केही गरेन भनेर बाटाेमा उफ्रनेहरुलाइ अा अाफ्नाे स्थानीय तहमा गएर भएका विकासका कामहरुकाे अनुगमन गरेर प्रतिक्रिया दिन मन्त्री चौधरीले भन्नू भयो ।झाेलुङ्गे पुलको निर्माण कार्य सम्झौता २०७६ बैशाख १२ भएको निर्माण कार्य २०७७ बैशाख ११ गते सक्नु पर्ने भए पनि काेराेना भाइरसले गर्दा लकडाउन हुदा निर्माण सामाग्री दुवानि नभएकोले माग महिनामा सम्पन्न भएको निर्माण व्यवसायीले बताए । पूर्वखाेला गाउपालिकाका अध्यक्ष नुन बा थापाले गाउपालिका जाेड्ने मुख्य सडकमा पुल बनाउने कालोपत्रेकाे लागि सडक बनाउने लगाएत धेरै ठाउमा झाेलुङ्गे पुलहरु निर्माण भएको बताउनुभयो । पुल उद्घाटनमा लुम्बिनी प्रदेशका साम्सद नारायण प्रसाद अाचार्य ,युवराज खनाल ,भाैतिक पुर्वाधार विकास मन्त्रालयका मुख्य सचिव जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष मिरा मरासिनी , पूर्वखोला गाउपालिका अध्यक्ष , रम्भा गाउँपालिका अध्यक्ष लगाएको सहभागीता रहेको थियो । उद्घाटन कार्यक्रम पूर्वखाेला गाउपालिका ४ नम्बर वडा देविनगरका अध्यक्ष रिम प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो ।


प्रकाशित : २०७७ फागुन १९ गते १९:५०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology