खायखाेला सार्वजनिक धारा निर्माण कार्य सम्पन्न भएको छ। पूर्वखाेला गाउपालिका ४ नम्बर वडा देविनगरले अार्थिब वर्ष २०७७/०७८ काे कार्यक्रमबाट खायखाेला सार्वजनिक धारा निर्माणकाे लागि रु १ लाख ५० हजार बजेट विनियोजन गरेको थियो ।उक्त बजेटबाट ३ मिटर लम्बाई २ मिटर चाैधाइ भएको टङ्कि निर्माण गरि चार वटा धारा जडान गरेको छ।पाँचसय मिटर टाढा पानीको मुलबाट पानी ल्याइ धारामा जडान गरेकोले चाैबिसै घण्टा पानी सदुपयोग गर्न सकिन्छ । देविनगर वडा कार्यालयबाट पूर्वखाेला गाउँपालिका जाने मुख्य माेटरबाटाे छेउमा धारा निर्माण भएकोले खानेपानी लिन नुहाउन ,गाडीहरु धुन सजिलो हुदा सर्वसाधारण खुसि भएका छन् ।धारा निर्माण गर्दा १ लाख ७१ हजार ५ सय खर्च भएको उपभोक्ता समितिका अध्यक्ष सर्वजित रेश्मीले जानकारी दिनु भएको छ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७७ फागुन  २१ गते १५:१०
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment