“ज्याेतिश्री” कविता सङ्ग्रहकाे विमाेचन सम्पन्न ।।

मायाँ बस्याल
प्रकाशित : २०७७ फागुन २२ गते २२:०६

पाल्पा , २२ फाल्गुन
धवल पुस्तकालय पाल्पाको पुस्तक पढ्ने दलानमा पुस्तकालयका अध्यक्ष युवराज पाैड्यालद्वारा लिखित ‘ ज्याेतिश्री’ कवितासङ्ग्रहकाे विमाेचन एक भव्य कार्यक्रमका बीचमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार चाेलेश्वर शर्माले पानसमा दीप प्रज्ज्वलन गरी समुद्घाटन गर्नुभयो । त्यसलगत्तै प्रमुख अतिथिद्वारा ‘ज्याेतिश्री’ कवितासङ्ग्रहकाे विमाेचन कार्य सम्पन्न भयो । कृतिमाथि समीक्षात्मक टिप्पणी गर्ने काम साहित्यकार तथा समालाेचक डा शंकरप्रसाद गैरेले गर्नुभयो । उहाँले पाड्यालकाे कवित्व प्रष्फुटन, कविताहरूकाे संरचागत अायाम, भावभूमि, सरलता, रचनाकाे कालक्रम, लयात्मक पक्षका साथै कुनैकुनै कविताको रचनागर्भसमेत उल्लेख गरी सूक्ष्म रूपमा प्रकाश पार्नुभयाे । प्रमुख अतिथि चाेलेश्वर शर्माले कविले चयन गरेको उपनामकाे सन्दर्भ उठानका साथ त्यसको ध्वन्यार्थलाई सङ्केत गरी कवि पाैड्यालकाे साधनाकाे निरन्तरताको कामना व्यक्त गर्नुभयो । विशिष्ट अतिथि त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख टंकप्रसाद भट्टराईले धवल पुस्तकालयका अध्यक्ष मात्र नभई अब साहित्यकार व्यक्तित्वका रूपमा मुखरित हुनुभएका पाैड्याल नेपाली साहित्यमा कृतिकारका रूपमा अमर रहने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा कृतिकारकी धर्मपत्नी उमा पाैड्यालले कविताका माध्यमबाट कृतिकारलाई शुभकामना व्यक्त गर्नुभयो । कृतिकारका सहाेदर भाइ ध्रुव पाैड्यालले दाजुको यस किसिमको सिर्जनाकर्मले परिवारलाई नै गाैरवान्वित तुल्याएको विचार व्यक्त गर्नुभयो । वरिष्ठ पत्रकार मेघराज शर्मा, नारी उन्नयन तथा विकास प्रतिष्ठानकी अध्यक्ष लक्षिमा ज्ञवालीले कृति प्रकाशनकाे सुखद अवसरमा युवराज पाैड्याललाई बधाईका साथै शुभकामना व्यक्त गर्नुभयो । कृतिकार तथा कार्यक्रमका अध्यक्ष युवराज पाैड्यालले अाफ्नाे उपनामकाे प्रसङ्ग उठाई कृति प्रकाशनकाे अभिभारा लिने धवल पुस्तकालय, सहयोगी तथा शुभचिन्तकहरूलाई धन्यवाद दिनुभयो । कार्यक्रम धवल पुस्तकालयका सदस्य त्रिलाेचन पाैड्यालकाे स्वागत तथा महासचिव राजेशकुमार अर्यालको सञ्चालनमा चलेको हाे ।


प्रकाशित : २०७७ फागुन २२ गते २२:०६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology