१११ औं महिला तथा नारी दिवस माथागढीमा गायन प्रतियोगिता गरि सम्पन्न ।।

मायां बस्याल
प्रकाशित : २०७७ फागुन २४ गते ८:४०

१११अाैं महिला तथा नारी दिवस माथागढीमा विविध कार्यक्रम गरि सम्पन्न ।।

फागुन २२ , माया बस्याल , माथागढी गाउँपालिकाकाे अायाेजना तथा बहादुरपुर मा १११ औं नारी दिवसको अवसरमा महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालीको आधार भन्ने शिर्षकमा गायन प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सन्तोष थापाले कार्यक्रमकाे व्यानर पढेर कार्यक्रमकाे उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सन्तोष थापाले कार्यक्रममा दिदिबहिनीलाई शुभकामना दिदै महिलाहरुले धेरै संघर्ष गरेर अहिले प्रतिनिधित्व तहमा पुगेको , न्यायपालिका कार्यपालिका समेत अारक्षण सरकारले गरेको साथै घरबाट बाहिर निस्किन र पहुँचमा पुग्न सरकारले संविधानमै व्यवस्था गरेको छ । नेपालमा भएका परिवर्तन ले पनि महिला हक अधिकार संरक्षण गरेको छ हरेक स्थानमा महिलाको पहुँचमा बढाएको छ । धेरै संरक्षण गरे पनि दुखकाे कुरा महिला घटना र अपराध पनि समाजबाट नै घट्ने हुदाँ सबै सचेत हुनु पर्ने कुरा मा अाफै सचेत हुनुपर्ने कुरालाई जाेड दिनु भएको थियो । महिला पुरुषबाट भन्दा महिला बाटै धेरै हिंसात्मक घटना तथा अन्याय हुने गरेको छ पालिकामा समेत धेरै भन्दा धेरै घरेलु हिंसाका घटना दर्ता हुने गरेका छन् । भन्दै सहभागी समुहलाई धेरै धेरै बधाई तथा शुभकामना दिनु भएको छ ।कुनै पनि हिंसात्मक घटना घट्न नदिन सबैले पहल चाल्नु पर्ने र अाफुले पनि पहल चाल्ने कुरामा प्रतिबद्ध भएको जानकारी गराउनु भएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि तथा पालिका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले १११ अाैं नारी दिवसका अवसरमा शुभकामना दिदै सबै मिलेर अगाडि बढ्नु पर्ने , महिला पुरुष सबै एउटै हुन् सबै मिलेर गएमा हिंसात्मक घटना नघट्ने व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा गाउँपालिका सदस्य विद्या सिंजाली , वडा नम्बर ८ का वडा अध्यक्षले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा निर्णायक तहका संयाेजक गजेन्द्र पन्थीले प्रतियोगितामा प्रतियोगिकाे गितका शब्द , भेषभूषा , बाद्यबादन, समय जस्ता विभिन्न क्षेत्रमा नम्बर दिइने कुरा जानकारी गराउनु भएको थियो । उहाले विजेता टिम घोषणा गर्नु भएको थियो ।
कार्यक्रममा ८ वडाका ६ टाेलीले भाग लिनु भएको थियो भने सबैका गितमा महिलाको प्रतिनिधित्व तहमा महिलाको पहुँच बढाउनु पर्ने महिला अात्मनिर्भर बन्नु पर्ने कृषिबाट पनि अायअार्जन वृद्धि हुने जस्ता शब्दहरु समेटिएका गितहरु प्रस्तुत गरिएको थियो ।

प्रतियोगितात्मक कार्यक्रममा वडा नम्बर ३ कसेनी र ७ रहवास प्रथम , रुप्से २ नम्बर वडा दाेस्राे , वडा नम्बर ४ झडेवा तृतीय र ताकातुङ र वडा नम्बर ८ बहादुरपुर सान्त्वना भएका छन् ।
प्रतियोगितामा सहभागी समुहलाई नगत र प्रमाणपत्र विशिष्ट अतिथि र प्रमुख अतिथि तथा कार्यक्रमका अध्यक्षले पुरसकार प्रदान गर्नु भएको थियोे ।

कार्यक्रम महिला तथा बालबालिका अध्यक्ष तथा गाउपालिका उपाध्यक्ष निर्मला भट्टराईकाे अध्यक्षता , बाहादुरपुर वडा सद्स्य ललिसरा ढेंगाको स्वागत र महिला तथा बालबालिका शाखा प्रमुख पुनम चिदीकाे सञ्चालनमा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७७ फागुन २४ गते ८:४०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology