सहयात्री नेपालले अन्तरास्ट्रिय महिला दिवसमा २ जना महिला श्रमिकलाई सम्मान गर्याे ।।

रमा भण्डारी
प्रकाशित : २०७७ फागुन २४ गते १९:०५

फागुन २४ रमा भण्डारी रामपुर पाल्पा

सहयात्रि नेपालकाेअायाेजनामा १११अाै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएकाे छ । सस्थाका अध्यक्ष राधिका भण्डारी काे अध्यक्षतामा भएकाे कार्यक्रम का प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवि घिमिरे अाचार्यले बाेल्दै समाज परिवर्तन गर्ने जिम्मा हामी सगै छ हिसा महिला पुरुष जसलाई पनि हुन्छ सर्वप्रथम म हिसा गर्दिन भनेर काम गरे सफल भईन्छ भन्नू भएकाे छ ।
सस्थाका उपाध्यक्ष सरस्वति भट्टराई काे स्वागतबाट शुरु भएकाे कार्यक्रममा नगरपालिकाका प्रसासकिय अधिकृत हरिराम नागीलाले नारी शक्ति हाे ,देवि हाे सृष्टि हाे , सम्मान हाे , ईज्यत हाे भन्दै सविधानमा भएका महिलाका अधिकारका बारेमा जानकारी गराउनु भएकाे हाे ।
नेपालमा ५१.५०%महिलाकाे तत्याङक रहेकाे छ ।
महिला बलत्कार काे घटना रोकिएको छैन , विद्यालय देखि नै सचेतना अाबश्यक रहेको भन्दै नारीलाइ पनि समान रुपले शिक्षा ,स्वास्थ र राेजगार अाबश्यक छ भन्नू भयाे । रामपुर उद्योग बाणिज्य सघ रामपुरका अध्यक्ष भाेजेन्द्र प्रकाश ढकाल ले बाल्दै परिवर्तन घरबाट नै शुरु गर्नु पर्छ भन्दै महिलाले महिला प्रति हुने हिसा अन्त नहुदा सम्म समाज परिवर्तन हुदैन भन्ने बताउदै नारी दिवसको अवसरमा शुभकामना मन्तव्य व्यत्त गर्नु भएको थियो । समृद्धि नेपालका अध्यक्ष सावित्रा गैह्रे ,पत्रकार रमा भण्डारी ले हिसा धेरै प्रकारकाे हुन्छ हिसामा परे सहन हुदैन त्यसकाे समाधान तर्फ लाग्नु पर्ने बताउनु भयो ।कार्यक्रममा श्रमिक महिलाकाे सम्मान स्वरुप रामपुर ४ बस्ने सुमन खाम्चा रामपुर ७ बस्ने सीता ढकाललाई सम्मान पत्रले सम्मान गरेकाे हाे ।कार्यक्रममा सहयात्रि नेपालका सल्लाहकार दुर्गा देवि रानाले सहभागिलाई धन्यबाद दिनु भएकाे कार्यक्रमकाे सन्चालन सचिव बन्दना पाेखरेलले गर्नुभएकाे हाे ।


प्रकाशित : २०७७ फागुन २४ गते १९:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology