कसेनीको सराईमा १११ अौं श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न

माया बस्याल
प्रकाशित : २०७७ फागुन २४ गते २०:३८

फागुन २४,
कसेनी,सराई
१११अौं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमसहित माथागढी-३,कसेनीले पनि मनायो ।

“महिला सुरक्षा , सम्मान र राेजगार:समृद्धि नेपालकाे आधार” भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा विभिन्न प्रतियोगितात्मक क्रियाकलापहरु समेत आयोजना गरिएको थियोे ।
कार्यक्रममा प्रमुख अतिथि कसेनीका वडाअध्यक्ष दिपक थापाले नारी दिवसको शुभकामना दिनुहुँदै सबै महिलाहरु एकजुट भएर अगाडी बढ्न प्रेरित गर्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका सदस्य तारा रसाइलीले कार्यक्रममा बाेल्नुहुँदै महिलाहरु प्रतिनिधित्वको तहमा पुगे पनि अझै आफ्नाे हक अधिकार पाउन नसकिएको भन्दै दुख व्यक्त गर्नुभएको थियो । सबै महिला एकजुट भएर अगाडि बढ्नुपर्ने एकले अर्कालाई सहयोग गर्नुपर्ने भन्दै कार्यक्रममा सबैलाई शुभकामना दिनु भएको थियो ।

कार्यक्रमका अवसरमा महिलाहरुको -यालीले “महिला हिंसा अन्त्य गराैं” , “बहुविवाह अन्त्य गराैं ” ,”बालविवाह अन्त्य गराैं “,”समुन्नत समाज निर्माण गराैं” जस्ता नारा लगाउँदै सराइ बजार परिक्रमा गरेको थियो ।
कार्यक्रमलाई अगुवा महिलाहरु बीच बेलुन डान्स प्रतियोगिता,लोक सांस्कृतिक प्रतियोगिता समेत आयोजना गरिएको थियो । जसमा लाेक सांस्कृतिक प्रस्तुतिमा बेलघारी आमा समूह प्रथम भएको थियो। साथै बेलुन डान्स प्रतियोगितामा फुलबारी आमा समुहका राधा चिदी र कविता राईले प्रथम स्थान हासिल गर्नु भएको थियो । प्रतियोगितामा विजेता तथा अन्य सबै सहभागीहरुलाई समेत पुरस्कार वितरण गरिएको थियोे ।
कार्यक्रम महिला उत्थान वडा समन्वय समिति अध्यक्ष भृकुटी रानाकाे अध्यक्षता तथा सावित्रा चिदी र चिन्तना चिदीकाे सञ्चालनमा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७७ फागुन २४ गते २०:३८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology