नारी दिवसको अवसरमा देवीनगरमा अन्तर्क्रिया

भुवन सिंजाली
प्रकाशित : २०७७ फागुन २५ गते १६:२४

फागुन २४,देवीनगर
१११ अाै अन्तर्राष्ट्रिय नारि दिवसको अवसरमा महिला उत्थान गाउँ समन्वय समिति पुर्वखाेला-४,देविनगरले “महिला अधिकार” विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ।देविनगर वडाको सभाहलमा भएको कार्यक्रममा नेपालकाे संविधानमा व्यवस्था गरेको महिलाका अधिकारहरु के के छन् ,पुर्वखाेला गाउँपालिका र देविनगर वडामा महिलाको सामाजिक आर्थिक,राजनैतिक अवस्था, विकास निर्माणमा महिलाकाे भूमिका के कस्तो छ?अझ महिलाकाे उपस्थिति कसरी बढाउन सकिन्छ? जस्ता बिषयहरुमा देविनगर वडाका वडासदस्य मेहर सिङ् थापाले सहजिकरण गर्नुभएको थियो ।अन्तरक्रिया कार्यक्रममा देविनगर वडाका अध्यक्ष रिम प्रसाद श्रेष्ठ,सदस्य भुवन सिङ्जाली,रेवती घर्ती,मातृभूमि मा.वि.का प्र.अ.मेहरमान थापा,बाल विकास समाज सुधार केन्द्र देविनगरका अध्यक्ष बल थापा,भगवती राना,दुर्गालक्ष्मी रेग्मी आदिले महिला अधिकार र कर्तव्यकाे बारेमा बाेल्नु भएको थियो । कार्यक्रम महिला उत्थान गाउँ समन्वय समितिका सचिव चुनिसरा थापाको सन्चालन र अध्यक्ष विष्णु माया सिङ्जाली घर्तीकाे अध्यक्षतामा सम्पन्न भएको हो।


प्रकाशित : २०७७ फागुन २५ गते १६:२४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology