निलकण्ठ न्यौपानेको ‘मातृवियाेग’ काव्यकाे विमाेचन सम्पन्न

Kandara News
प्रकाशित : २०७७ फागुन २७ गते १७:३०

अाज वरिष्ठ साहित्यकार नीलकण्ठ न्याैपानेज्यूद्वारा रचित मातृवियाेग नामक कृतिको विमाेचन लेखककै गृह परिसरमा सम्पन्न भयो । अामा गाथादेवीकाे मृत्युको शाेकमा रहँदा लेखिएको उक्त कृति अामाकै वार्षिकीकाे अवसर पारेर विमाेचन गरिएको हाे । कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार झपेन्द्रबहादुर जी सी हुनुहुन्थ्यो । उहाँले नीलकण्ठ गुरुकाे लेखनमा विचारका माध्यमबाट समाज रूपान्तरणको चेतना रहेको कुरा स्पष्ट पारी ‘पुरेतकाे मुखमा’ बुझाेदेखि ‘श्रमसाधना’ महाकाव्यसम्मकाे साधनाले समाज र राष्ट्रमै याेगदान पुर्याएकाे चर्चा गर्नुभयो । अामाप्रति सन्तानको दायित्वलाई नीलकण्ठ गुरुले गहन रूपमा वरण गरेकाे कुरा स्पष्ट पार्नुभयाे । विशिष्ट अतिथि प्रदेश सभासद तथा नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण अाचार्यले अाफूमा समेत सानैदेखि नीलकण्ठ गुरुकाे छाप रहेकाे सन्दर्भ उठाई गुरुमा भएको विद्वत्तालाई हामीले सदुपयोग गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो । गाउँमा भन्दा सुगम सहरमा बसेर गुरुले साधनामा लाग्नुपर्ने कुरासमेत उहाँले सल्लाह दिनुभयो । कृतिमाथि सघन रूपमा समीक्षात्मक टिप्पणी गर्ने काम डा शंकरप्रसाद गैरेले गर्नुभयो । अामाकाे स्मृतिमा केन्द्रित यस काव्यले अामाकाे गरिमालाई उठाउनुका साथै कृति पढ्दै गर्दा सबै पाठकले अाफ्नै अामाकाे छाया साक्षात्कार गर्नुले विचारलाई सार्वजनीन रूपमा प्रस्तुत गर्ने कलात्मक सामर्थ्य नीलकण्ठ न्याैपानेमा रहेको कुरा व्यक्त गर्नुभयो । काव्यकाे उत्तरार्धतिर अामाहरूले गरिमा गुमाउन पुगेको सन्दर्भबाट वर्तमानको टड्कारो यथार्थलाई प्रतिबिम्बित गरिएको प्रस्तुत कृति पठनीय रहेको कुरासमेत उहाँले प्रकाश पार्नुभयाे । विषयवस्तु, संरचना, शैलीशिल्प, छन्दविन्यास तथा रस र अलङ्कारका दृष्टिले काव्य सबल रहेकाे विचार उहाँले राख्नुभयाे । कार्यक्रममा पूर्वखाेला गाउँ पालिकाका अध्यक्ष नुनबहार थापा, धवल पुस्तकालय पाल्पाका अध्यक्ष युवराज पाैड्याल, पत्रकार सेनानी मेघराज शर्मा, टंक पन्थलगायतले नीलकण्ठ गुरुकाे पुण्य कर्मकाे प्रशंसा गरी उहाँको साधनाकाे निरन्तरताकाे कामना गर्नुभयो । कृतिकार नीलकण्ठ न्याैपानेज्यूले अामा गाथादेवीप्रतिकाे अाफ्नाे कर्तव्यकाे पाटाेलाई प्रकाश पारी अामाकाे गाैरवमय छविलाई झल्काउनुका साथै वर्तमान समयमा अामाकाे अाेज घट्न गएको तीतो यथार्थलाई दृष्टान्तसहित प्रस्तुत गरी अाजका पुस्ताका घैँटामा घाम लागाेस् भन्ने हेतुले पनि काव्यकाे सिर्जना गरिएको कुरा व्यक्त गर्नुभयो । यसैगरी अामाकाे वार्षिकीमा उपस्थित साहित्यिक व्यक्तित्वहरू, गुरुपुराेहितहरू, अाफन्तजन, इष्टमित्र सम्पूर्णप्रति कृतज्ञता ज्ञापनसहित धन्यवादसमेत व्यक्त गर्नुभयो । कार्यक्रम न्याैपाने वंशकै जेष्ठ सदस्य पण्डित जीवनाथ न्याैपानेज्यूकाे अध्यक्षता र गाथादेवीका नाति सुशील न्याैपानेकाे सञ्चालनमा चलेको हाे । साथमा वैदिक विधिअनुसार अामाकाे वार्षिकी कर्म पनि सम्पन्न भयो । स्रोत टंक पन्ध को फेसबुक मार्फत


प्रकाशित : २०७७ फागुन २७ गते १७:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology