आज शिवरात्रि देशको विभिन्न मठ मन्दिरहरुमा भव्यताका साथ सम्पन्न ।।

Kandara News
प्रकाशित : २०७७ फागुन २७ गते २१:५१

फागुन २७ गते,
महाशिवरातत्रिको अवसरमा देश भर रहेको शिव मन्दिरमा भव्य रुपमा पुजा आरधान भएको छ । शिव मन्दिरमा पुजा गर्नाले मनले चिताएको मनोकामना पुरा हुने विश्वास गरि पुजा गर्न स्थानिय भक्तजन तथा अन्य भक्तजनको उल्लेखनिय उपस्थिति पाइन्छ ।सोहि अबसरमा स्थानियहरूले भजन गाई मनोरञ्जन दिनुका साथै शिवको महिमा गित मार्फत प्रस्तुत गर्ने गर्दछन । आज पूर्वखोलाको लोकेश्वर महादेव मन्दिरमा धार्मिक भजन , सम्मान , कीर्तन ,प्रसाद वितरण कार्यक्रम भएको थियो । त्यस्तै रामपुर भुजातमा रहेको सिद्धबाबा धाम मा पनि भत्त जन हरुको घुइचो का साथ भजन कीर्तन भएको थियो , माथागढीको कसेनीमा शिव मन्दिरमा करीब ३०० बडी भत्तजन हरु बाट पुजा आरधना भएको साथै प्रसाद वितरण भएको मायाँ बस्यालले जानकारी गराउनु भयो । शिवरात्रि आज देशको विभिन्न भागमा पुजा आरधना गरी मनाईएको छ।


प्रकाशित : २०७७ फागुन २७ गते २१:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology