माथागढीको सराई युवा क्लवले होली भव्य रुपमा मनाउने ।।

माया बस्याल
प्रकाशित : २०७७ फागुन २९ गते १९:५३

फागुन २९ गते,
माया बस्याल , माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी रहेको सराई युवा क्लबकाे अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका अवसरमा निवर्तमान अध्यक्ष दिपक थापाले २०४१ सालमा ९ सदस्यीय कार्यसमिति रहने गरि गठन गरिएको याे क्लबले सराईमा धेरै समाजमा टेवा पूर्याउने काम संगै संगठन विस्तार पछि धेरै कार्यक्रम पनि सञ्चालन भएका थिए भन्दै क्लबकाे बारेमा जानकारी गराउनु भएको थियो ।

कल्बका अध्यक्ष खाेम बहादुर गाहाले अाफ्नाे कार्यकालमा धेरै केहि काम हरु गर्न सकेको र अब नयाँ बन्ने समिति बाट अझ थप उर्जाका साथ काम गर्नु पर्ने बताउनु भयो । उहाले सबैले मिलेर अगाडि बढ्नुपर्ने कुरालाई जाेड दिदै अाफ्नाे अध्यक्षतामा रहेको समिति बिघटन भएको घाेषणा गर्नु भएको थियो ।

कार्यक्रमका अवसरमा संस्थापक अध्यक्ष जनकराज शर्माले अाफू सहित सराइका सबै मिलेर गठन गरेको कल्वले विगतमा धेरै राम्रोसँग काम गर्दै अाएकाे तर पनि सबै मिलेर अगाडि बढ्नु पर्ने कुरामा जाेड दिनु भएको थियो साथै दर्ता गरि कल्व चलेको मा केही वर्ष यता नविकरण गर्न छुटेकोमा अब पुनः निरन्तरताका साथ अगाडि बढ्नु पर्ने कुरालाई जाेड दिनु भएको थियो ।

सबै बुद्धिजीवी तथा कल्वका युवाहरुकाे सहभागीतामा नयाँ कार्यसमिति गठन गरिएको छ । समिति कृष्ण सारु अध्यक्ष , काेषाध्यक्ष मुना मिधुन हुनेगरी ७ सदस्यीय कार्यसमिति गठन गरिएको हाे भने नवगठित समितिले अब निरन्तर बैठक बस्ने , कल्वकाे नविकरण तथा दर्ता प्रक्रियामा जाने साथै अाउदै गरेको चैत १५ गतेकाे हाेली पर्व समेत सराईमा भव्य रुपमा मनाउने भनी निर्णय गरेको छ ।
अन्तक्रिर्या कार्यक्रम निवर्तमान अध्यक्ष दिपक थापाको सञ्चालन तथा पूर्व अध्यक्ष खाेम बहादुर गाहाकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ फागुन २९ गते १९:५३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology