सिलुवामा हातेट्याक्टर(मिनीट्रिलर)वितरण

कृस्ण पंगेनी
प्रकाशित : २०७७ फागुन २९ गते २०:५१

फागुन २९,सिलुवा
पुर्वखोला गांउ पालिका वडा नम्बर १,सिलुवा मा प्रदेश सरकारको सहयोग तथा पुर्वखोला गाउँपालिकाको समन्वयमा वडा भित्रका ८ वटा कृषक समुहहरूलाई ८ वटा हातेट्याक्टर बितरण गरिएको छ ।
कार्यक्रममा पुर्वखोला गाउँपालिका वडा नम्बर १,सिलुवाका कार्यबाहक अध्यक्ष श्री गिरिमान आले , कृषिबिज्ञ तथा कृषि प्राविधिक कमानसिङ् थापा,पुर्वखोला कृषि शाखा प्रमुख सन्तोष कँडेल,पुर्वखोला गाउँपालिका वडा नम्बर १ का पशु प्राविधिक हरि सिक्देल, पुर्वखोला गाउँपालिका वडा नम्बर १ का वडा सदस्य रितमान श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा का.बा.वडाअध्यक्ष आले तथा कृषिबिज्ञ एवं कृषि प्राविधिक कमानसिङ् थापा ले संयुक्त रुपमा कृषक समुहहरू लाई हातेट्याक्टर बितरण गरिएको थियो ।
कार्यक्रम पुर्वखोला गांउपालिका वडा नम्बर एक का.बा.वडा अध्यक्ष आलेको अध्यक्षता तथा कृषि शाखा प्रमुख सन्तोष कडेल को संचालनमा सम्पन्न भएकोथियो ।
पुर्वखोला गाउँपालिका अन्तरगत छनौट भएका ५३ वटा समूह तथा कृषकहरुलाई हातेट्रयाक्टर(मिनीट्रिलर) वितरण गरिने कृषि शाखा प्रमुख कडेलले बताउनुभयो ।


प्रकाशित : २०७७ फागुन २९ गते २०:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology