नेपाल शिक्षक संघ पूर्वखोलामा तेस्रो प्रतिनिधि सभा ,शिक्षक सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

Kandara News
प्रकाशित : २०७७ फागुन २९ गते २१:४१

पूर्वखोला पाल्पा
नेपाल शिक्षक संघ पूर्वखोलाले तेस्रो स्थानिय प्रतिनिधि सभा,निवृत्त शिक्षक तथा नयाँ स्थाई नियुक्ति लिएका शिक्षकलाई सम्मान गरेको छ । नेपाल शिक्षक संघ पूर्वखोला को आयोजनामा गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति तथा माथागढी गा.पा. अध्यक्ष सन्तोष कुमार थापा रहनुभएको थियो ।सोहि कार्यक्रममा बोल्दै थापाले शिक्षकहरूको हक हितका लागि आफु र आफ्नो पार्टी सधै लड्ने बताउनुभयो ।शिक्षकहरू नियुक्ति सरूवामा ऐन नियमावली अनुसार नै हुनुपर्ने राजनैतिक हस्तक्षेप गर्न नहुने ,योग्य र सक्षम व्यक्तिले मात्र शिक्षामा आमुल परिवर्तन गर्न सक्ने भएकाले यस तर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो । सोहि कार्यक्रममा माथागढी गा.पा.शिक्षक महासंघका अध्यक्ष गिरिराज वेल्वासे,ने.का.विरकोटका गाउ कमिटी सभापति नन्द ब सारू ,अवकाश शिक्षक विष्णु आचार्य , मुक्ति पंगेनि लगायतले आ आफ्ना धारणा राख्नुभएको थियो । भर्खरै अवकास लिनुभएका शिक्षकहरूलाई दोसल्ला र प्रमाणपत्र ले सम्मान र विदाई गरिएको थियो भने भर्खरै आन्तरिक तथा खुला शिक्षक सेवा आयोगबाट उत्तिर्ण शिक्षकहरूलाई बधाई ज्ञापन गर्दै दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको थियो । उत्त कार्यक्रम कालिका प्रा.वि.विरकोटमा नेपाल शिक्षक संघ पूर्वखोलाका सचिव ईश्वरी आचार्यको संचालन र पूर्वखोला नेपाल शिक्षक संघका अध्यक्ष रमेशचन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ फागुन २९ गते २१:४१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology