रामपुरकाे अव्वस्थित घडेरीकाे पुन लगत सङ्कलन शुरु ।।

रमा भण्डारी
प्रकाशित : २०७७ चैत २ गते २१:३१

चैत २ , रामपुर पाल्पा ।

नगरपालिका वडा नं. ५ , ६ र ७ का जग्गा दर्ता समिति गठन आदेश २०७५ मा निवेदन दिईएका जग्गाहरुको पुन लगत संकलन गरिने भएको हो । वडा नं. ५ , ६ र ७ का जग्गा मध्ये जग्गा दर्ता समितिमा दर्ता भएका जग्गाधनीले नगरपालिकामा पुन फारम भरि आफ्नो जग्गा पुन दर्ता गर्नु पर्ने भएको हो ।

भुमि सम्बन्धि समस्या समाधान सहजिकरण समिति रामपुर पाल्पाको सोमबार बसेको बैठकले रामपुर नगरपालिकामा पनि लगत संकलन कार्य सञ्चालन गर्ने निर्णय गरेको छ । भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको स्थानिय तहबाट लगत संकलन सम्बन्धि कार्यविधि २०७७ अनुसार जग्गा दर्ता समितिमा दर्ता भएका ७ सय ८३ वटा जग्गाको पुन लगत संकलन गरिने रामपुर नगरपालिकाले जनाएकाे छ ।। विगतमा जग्गा दर्ता समितिमा दर्ता भए पनि जग्गाधनीहरुले नगरपालिकामा आई पुन फारम भर्नु पर्ने र जग्गा दर्ता गर्न नगरपालिकालेआग्रह गरेकाे छ । ।

नगरपालिकाले चैत्र ३ गते देखि नै अव्यवस्थित जग्गाको लगत संकलन गरिने रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले बताउनुभयो । चैत्र ९ गते सम्म रामपुर नगरपालिकाको कार्यालयमा आई आफ्नो जग्गा दर्ता गर्न सकिने उहाँले बताउनुभयो ।

भुमि सम्बन्धि समस्या समाधान सहजिकरण समिती रामपुर पाल्पाका संयोजक रमण बहादुर थापाको अध्यक्षतामा बसेको बैठकबसेकाे हाे । रामपुर नगरपालिकाको कार्यालय भवनमा बसेको बैठकमा सराेकारवाला हरुकाे सहभागिता रहेकाे थियाे ।


प्रकाशित : २०७७ चैत २ गते २१:३१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology