पूर्वखोला गाउँपालिकाले किसानहरुलाई ६६ ओटा हातेट्याक्टर ५० प्रतिशत अनुदानमा वितरण ।।

छवि पंगेनी
प्रकाशित : २०७७ चैत ४ गते २०:२९

पूर्वखोला गाउँपालिकाले किसानलाई हाते ट्रयाकटर वितरण ।
पूर्वखोला गाउँपालिका पुर्वखोला पालिका भरीका किसानलाई ५०% अनुदानमा हाते ट्र्याकटर( मिनि टेलर) वितरण गरेको छ। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर गराउने उद्देश्यले वडा न ३ मा चैत गते २९ वटा हाते ट्रयाकटर मिनि टेलर वितरण गरेको हो। हाते ट्रयाकटर वितरण कार्यक्रममा बोल्दै मुल पाहुना पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराईले गाउँपालिकालाई कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै लगिनुको साथै हरेक बस्तिहरुमा कृषि क्षेत्रमा हराभरा बनाउन गाउँपालिका तत्पर रहेको बताउनुभयो । उपाध्यक्ष भट्टराईले कृषकलाई विभिन्न क्षेत्रमा अनुदानका कार्यक्रमका साथ किसानको जिवनस्तर वृद्धि गर्न गाउँपलिका लागि पर्ने जनाउनु भयो। कार्यक्रममा लुम्बिनी प्रदेश कृषि विशेषज्ञ कमान सिं थापाले गाउपालिकाले कृषकले उत्पादन गरेका बस्तुहरुको उचित बजारीकरण गर्नुका साथै कृषकलाई प्रोत्साहनको व्यवस्था गर्नुपर्ने बताउनु भयो। यस अघि पुर्वखोला -१ सिलुवामा वितरण गरिसकिएको मिनि टेलर क्रमशः गाउँपालिकाका अन्य वडाहरुमा वितरण गरिने पूर्वखोला गाउँपालिका कृषि प्राविधिक सन्तोष कडेलले जनाउनु भयो। यश वर्ष ६६ वटा हाते ट्रयाकटर वितरण गर्ने पुर्वखोला गाउँपालिका कृषि शाखाले जनाएको छ।


प्रकाशित : २०७७ चैत ४ गते २०:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology