मुख्यमन्त्री ग्रामीण कार्यक्रम अन्तरगत माथागढीमा कुमाल समुदायलाई ३ महिने कम्प्युटर तालिम संचालन ।।

मायाँ बस्याल
प्रकाशित : २०७७ चैत ४ गते २०:५१

चैत ४ गते ,
माथागढी गाउँपालिकाकाे अायाेजना तथा मुख्य मन्त्री ग्रामीण विकास तथा राेजगार कार्यक्रमकाे सहयोगमा विपन्न तथा कुमाल समुदायका लागि कम्प्युटर तालिम र हाेजियारी तालिम सञ्चालनकाे उद्घाटन कार्यक्रम माथागढी २ रुप्से दर्ताको सामुदायिक भवनमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय नारायण प्रसाद अाचार्यले सबै सहभागीलाई शुभकामना दिदै सबैले राम्रोसँग सिक्न तथा सिकेका विषयलाई अाफ्नाे व्यवहारमा प्रयोग गरि अात्मनिर्भर बन्न समेत प्रेरणा दिनु भएको थियो । सबैले सिकेको सिकाइलाई अाफूले प्रयोग गरि राेजगारीमा लाग्न समेत अाग्रह गर्नु भएको थियो ।

गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराई, कार्यपालिका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल थियो । कार्यक्रममा वडा नम्बर २ वडा अध्यक्ष जनक रिजाल , कार्यपालिका सदस्य तारा रसाइली , मनुमाया कुमाल तथा तेज घर्ती मगरले सहभागीलाई शुभकामना दिदै तालिम सिकेर कम्प्युटर बाट हुने काम हरु गर्न सक्ने गरी सिक्नु पर्ने बताउनु भयो

तालिम विपन्न तथा कुमाल समुदाय लक्षित गरेर वडा नम्बर २ र ३का २५ जना कम्प्युटर तालिममा सहभागी हुनेछन् उक्त तालिम ९० दिन चल्ने तथा हाेजियारी तालिममा वडा नम्बर १,२ र ३ का कुमाल तथा विपन्न समुदायका १२ जना सहभागी हुने गरि ४५ दिन चल्ने छ । साथै कम्प्युटर तालिम सराई कम्प्युटर र हाेजियारी तालिम उद्यमशिल सीप विकास केन्द्र सराइमा सञ्चालन हुने छ ।

कार्यक्रम सहजकर्ता नारायण बहादुर कुमालले स्वागत गर्नुभएको कार्यक्रममाको संचालन माथागढी गाउँपालिका अधिकृत छैटौं नारायण प्रसाद न्याैपानेले संचालन गर्नुभएको कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरको अध्यक्षतामा भएको हाे।


प्रकाशित : २०७७ चैत ४ गते २०:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology