प्राकृतिक आधारभूत विद्यालयमा यादव बस्यालद्वारा हिरक स्तम्भ निर्माण

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ चैत ५ गते १८:३६

चैत ५,ताहुँ
रम्भा गाउँपालिका वडा नं.-५,ताहुँ,फुरुङ्दी घर भई हाल दक्षिण अष्ट्रेलियामा कार्यरत यादव बस्यालले स्थानिय  प्राकृतिक आधारभूत विद्यालयमा हिरक स्तम्भ निर्माण गरिदिनुभएको छ ।
करिब छ फिट अग्लो हिरक स्तम्भको शिरमा सरस्वतीको मुर्ति रहेको छ भने स्तम्भको चारैतिर मार्बल लगाइएको छ । स्तम्भको अनावरण कार्यक्रम गत वर्ष नै भएपनि सरस्वतीको मुर्तीलाई सुरक्षित बार लगाउने लगायतका केही बाँकी काम हालै सम्पन्न गरिएको छ । स्तम्भ निर्माणका लागि लागेको करिब ६५   हजार २ सय रुपैयाँ,सोही विद्यालयका पूर्व विद्यार्थी यादव बस्यालले प्रदान गर्नुभएको हो । Leipzig University जर्मनीबाट भौतिक विज्ञानमा MSC, MS गर्नुभएका बस्याल रम्भा गाउँपालिका वडा नं.-५,ताहुँका वडाध्यक्ष खुमाकान्त बस्यालका सुपुत्र समेत हुनुहुन्छ ।
स्तम्भ निर्माता बस्याललाई विद्यालय परिवार तथा गाउँबासीको तर्फबाट धन्यवाद तथा आभार ज्ञापन गरेको छ । ” यादव बस्याल हाम्रो विद्यालयमा कुनै दिन विद्यार्थी हुनुहुन्थ्यो भन्दा विद्यालय परिवारको गर्वले छाती फुल्दछ। समाज र राष्ट्रप्रति सदैव केही न केही गर्नुपर्दछ,भन्ने भावनाबाट प्रेरित भएका बस्यालले यस स्तम्भ बनाउन आर्थिक सहयोग गरी यस विद्यालयको मुहार फेर्न महत्वपूर्ण भुमिका खेलेर विदेशमा भएर पनि आफ्नो ठाँउको लागि केही न केही गर्नुपर्दछ भन्ने कुराको सन्देश भाबी पुस्तालाई पनि दिनुभएको छ। विद्यालय परिवार यहँको सामाजिक कार्यको खुलेरै प्रशंसा गर्दछ ।” विद्यालयद्वारा हालै प्रकाशित सार्वजनिक सुचनामा भनिएको छ ।


प्रकाशित : २०७७ चैत ५ गते १८:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology