रामपुरमा नगर खेलकुद समितिकाे अायाेजनमा पत्रकार सम्मेलन ।।

रमा भन्डारी
प्रकाशित : २०७७ चैत ६ गते २१:२१

चैत ६ , रामपुर पाल्पा
नगरखेलकुद विकास समिति रामपुर पाल्पाकाे अायाेजनामा चाैथाे मेयर कप २०७७काे पत्रकार सम्मेलन कार्यक्रम भएकाे छ।चैत १० गते देखि १४ गते सम्म सन्चालन हुने विविभ खेलकुद तथा सास्कृतिक कार्यक्रम काे जानकारी तथा प्रचारप्रसारका लागि सम्मेलन गरेकाे हाे ।खेल सम्याेजक किरण मल्लकाे स्वागत बाट शुरु भएकाे सम्मेलनमा चाैथाे मेयर कप २०७७काे बारेमा समितिका अध्यक्ष शकर खाणले विविध ६ वटा विधामा कार्यक्रम हुने कुरा प्रष्ट पार्नु भएकाे हाे ।कार्यक्रममा वडा स्तरीय फुटवलप्रतियाेगिता,वडास्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता ,क्रिकेट ,प्रतियोगिता रसि तान्ने,प्रतियोगिता र मा वि स्तरीय बक्त्रृत्वकला प्रतियाेगिता रहेकाे जानकारी गराउनु भएकाे हाे ।कार्यक्रममा प्रतियाेगिता सबै वडा स्तरीय हुने भन्दै फुटवल खेलकाे लागि पुरस्कार प्रथम ६५हजारदितिय ४५हजार र तृतिय ३० हजार भलिवलखेल पुरुष तर्फ क्रमश ६०/४०र ३० हजार रहेकाे छ ।महिला भलिवलखेल तर्फ ५०/४० र ३० हजार रहेकाे छ । त्यसै गरि क्रिकेट खेल तर्फप्रथम दितिय तृतिय ५०/३५/२५ र ८ हजार क्रमस पुरस्कार रहने छ ।रसि तान्ने खेलमा प्रथम दितिय तृतिय क्रमस १५/१०र८ हजार भने बक्त्रृत्व कला प्रतियाेगितामा क्रमश प्रथम दितिय ,तितिय ५/३ र २ हजार रहने छ ।
पत्रकारहरुले राखेकाे जिज्ञाशाकाे समितिका अध्यक्ष र कार्यक्रम का प्रमुख अतिथिरामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले ले जिज्ञाशा मेटाउनु भएकाे थियाे ।कार्यक्रम काे सन्चालन समितिका सचिव सन्जु परियारले गर्नु भएकाे हाे ।खेल ठुलिटार मटेरीमा ैत १० गते बाट सन्चालन हुनेछ ।


प्रकाशित : २०७७ चैत ६ गते २१:२१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology