जल्पामा निशुल्क विल्डिङ इलेक्ट्रोसियन तालिम संचालन ।।

माधव पाण्डे
प्रकाशित : २०७७ चैत ९ गते २२:५१

पाल्पा,,जिल्लाको पुर्वखोला गाउँपालिका वडा न २ को जल्पामा युवाहरूलाई स्वरोजगार बनाउने उधेश्यका साथ ३ सय ९० घण्टे विल्डिङ इलेक्टिसियन तह १ तालिम औपचारिक रूपमा शुरू गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मदन पोखरा पोलिटेनिक्स इन्स्िटच्युटका प्रमुख सन्जय कुमार यादबले यो कार्यक्रमले बेरोजगार युवाहरूलाई स्वरोजार बनाउन महोत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । पछिल्लो समयमा युवाहरू देशमा रोजगारीको अवसर छैन भनी विदेशीने क्रममा बढेको र भएका युवाहरू पनि बेरोजगार भएको अवस्था तालिमले युवाहरूलाई स्वरोजगार बनाउन महोत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । साथै तालिममा सिकेका कुरालाई व्यवहारिक जीवनमा लागू गरि स्वरोजगार बन्न तालिम सहभागिहरूलाइ बताउनु भयो ।

पुर्वखोला गाउँपालिकाको जल्पामा विल्डिङ इलेक्टिसियन तालिम शुरू
कार्यक्रम वडा अध्यक्ष नीर बहादुर शारूले अहिले पुर्वखोला गाउँपालिका वडा न २ ले बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको र सोहि मध्ये ३ सय ९० घण्टे आधारभुत विल्डिङ तालिम सञ्चालन गरिएको बताउनु भयो । साथै आगामी दिनमा युवाहरूलाई स्वरोजगार मुलक कार्यक्रममा अर्गसर बनाउदै लैजाने प्रकार कार्यक्रमहरू सञ्चालन गर्ने बताउनु भयो ।

तालिम शिव इन्स्िटच्युटका सञ्चालक कमल भट्टराईको सञ्चालनमा भएको थियो । तालिम चैत ९ गते देखि १४ गते सम्म चल्ने छ । तालिममा करिब २० जना युवाहरू सहभागी रहेको छ ।


प्रकाशित : २०७७ चैत ९ गते २२:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology