रामपुरमा चौथो मेयर कप शुरु ।

रमा भण्डारी
प्रकाशित : २०७७ चैत ११ गते १३:३०

चैत ११,रामपुर पाल्पा
‘खेलाडीको पहिचान अनि सम्मान, खुशी र स्वस्थ्य जीवनमा मेयर कपको अभियान’ भन्ने नारा सहित रामपुर नगर खेलकुद विकास समिति रामपुरको आयोजनामा रामपुर ५ मटेरी ठूलोटारमा चौथो मेयर कप २०७७ मंगलबारदेखि शुरु भएको छ ।
आगामी चैत १४ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न ७ विधामा खेल हुनेछन् । जसमा ७ सय खेलाडीको सहभागीता रहनेछ ।
मेयर कपको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलकुद र खेलाडीको विकासका लागि रामपुर नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । खेलाडीको लागि आबश्यक तालिमको सोच नगरपालिकाले लिएको बताउदै खेललाई व्यवस्थित र खेलाडीलाई उत्साहित गराउन खेल पूर्वाधार विकासमा खेलमैदान डिपिआरमा जोड दिएको बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले खेलले स्वथ्य र अनुशासित बनाउने बताउनुभयो । खेललाई मर्यादित बनाउन सबैलाई उहाँले आग्रह गर्नुभयो । रामपुर नगरपालिकाका सल्लाहकार देवराज ढकालले खेलकुदले युवाहरुमा उत्साह भर्ने बताउनुभयो । नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सचिव चिरन्जीवी सिग्देलले जीवनको लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो । नेकपा (एमाले) रामपुर नगर कमिटी इन्चार्ज राजु प्रसाद श्रेष्ठले खेलले युवाहरुलाई एकबद्ध बनाउदै यसको लागि उपयुक्त पूर्वाधारको खाँचो औल्याउनुभयो । रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्लले खेलाडीको विकासमा सबैले चासो दिनुपर्ने बताउनुभयो । नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणको अध्यक्षतामा भएको मेयर कप उद्घाटन कार्यक्रममा नगर खेलकुद विकास समिति खेल संयोजक किरण मल्लले स्वागत गर्नुभएको थियो भने समितिका महासचिव राजु गुरुङले सञ्चालन गर्नु भएको थियो । खेल अघि रामपुर नगरपालिकाका १० वटै वडाका खेलाडीहरुले मार्चपास मा रामपुर ९ को पञ्चेबाजा घन्काइएको थियो । आआफ्ना जर्सीमा सजिएका खेलाडी, र जनप्रतिनिधीहरुले वडाको व्यानर सहित खेल मैदान प्रर्दशन गरेका थिए । मेयर कप अन्तर्गत खेलकुद समितिले वडा स्तरिय पुरुष फुटबल प्रतियोगिता, वडा स्तरिय पुरुष र महिला भलिबल प्रतियोगिता, वडा स्तरिय पुरुष क्रिकेट, व्याटमिण्टन खेल, वडा स्तरिय डोरी तान्ने प्रतियोगिता र माध्यमिक तह स्तरिय वक्तृत्वकलाको आयोजना गरेको छ ।

पुरुष तथा महिला भलिबलमा नगरका १० वटैले वडाले प्रतिस्पर्धा गर्दैछ भने फुटबलमा ९ वटा वडाले प्रतिस्पर्धा गर्दैछ मेयर कपको उट्घाटन खेल फुटबलमा रामपुर नगरपालिका ३ र वडा नं. ९ बिच भयो । समुह वि को पहिलो चरणको यो खेलमा ३ ले ९ लाई ०–२ गोलले पराजित ग-यो । वडा नं. ३ ले पहिलो र दोस्रो हाफमा १/१ गोल गर्न सफल भए । त्यस्तै समुह वि कै वडा नं. ६ र ७ बिच भएको खेलमा वडा नं. ६ ले वडा नं.७ लाई २÷१ गोलले पराजित गरेको छ । पहिलो हाफमा १ र दोस्रो हाफमा १ गरी वडा नं.६ ले २ गोल गरेको थियो । ब्याटमिन्टन प्रतियोगिता, महिला भलिबल प्रतियोगिता पनि बुधबार बाट शुरु हुने खेल संयोजक किरण मल्लले जानकारी दिनुभयो ।


प्रकाशित : २०७७ चैत ११ गते १३:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology