रामपुरका महिला उद्यमी बन्न तर्फ व्यस्त ।।

रमा भण्डारी
प्रकाशित : २०७७ चैत ११ गते १८:१९

चैत ११,रामपुर पाल्पा
पछिल्लो समय रामपुर नगरपालिकाका नेतृत्वदायी भूमिकामा महिलाको सङ्ख्या बढिरहेका छ। उद्यमी र व्यवसाय गर्ने महिलाको सङ्ख्या पनि बढ्दै गएको छ । कृषि, व्यापार, लगायतका क्षेत्रमा महिलाहरू उद्यमी बनिरहेका छन् । आर्थिक रुपमा समक्ष हुँदा आत्मविश्वास बढेको उद्यम व्यवसायमा संलग्न महिलाहरुको अनुभव छ । रामपुर नगरपालिका वडानम्वर ८ का सविता अर्यालले सरफ बनाउने उद्योग संचालन गर्नु भएको छ । अहिले सम्म घरयासी काम मात्र गदै आउनु भएकी अर्यालले नगरपालिकाको २ दिनको तालिम बाट ३ जना दिदिबैनि मिलेर सरफ बनाउदै आएको बताउनु हुन्छ । अर्यालले ३ जना मिलेर उद्योग संचालन गरेको र बजारको बारेमा नगरपालिकाले बन्दोबस्त मिलाउने भने पनि अहिले सरफको माग बढ्दै गएको बताउनु हुन्छ । समुहका महिला हरु मिलेर अहिले पनि सरफ बनाउन व्यस्त हुनु हुन्छ । हातले सरफ बनाउदा तेजाप समेत प्रयोग गर्नु पर्ने हुदा धेरै असर गर्ने भन्दै मेसिन आवश्वर भएको र नगर पालिकाले उद्यमी महिलाहरुका लागि मेसिन उपलव्ध गराउने नगर प्रमुख रमण बहादुर थापाले बताउनु भएको छ । घरका चुलो चौको मा मात्र व्यस्त भएका महिला हरु आज भोलि उद्यमी बन्न थालेका हुन् । घरको काममा व्यस्त हुने महिला दिदिबैनि हरु आज भोलि आफैले आम्दानी गर्नु पर्छ भन्ने र आफनो लागि आफै केहि गर्नु पर्छ भन्नेमा लाग्न थालेका छन् । यस्ता काममा अरु महिला दिदिबैनि हरुले सिको गर्ने सके आत्म निर्भर बन्न सकिने थियो । हिजो आफ्नो नाम उठेर निरधक्क सग भन्न नसक्ने महिला हरु आज उद्यमी बनेर आफै सबैकाम गरेका छन् । अहिले पनि उनि हरुले बनाएको सरफ करीव ३सय किलो छ अरु पनि बनाउदै छौ अर्यालले भन्नु भएको छ ।

रोजगारी र व्यवसाय गर्ने महिलाहरुलाई समाजले पनि सम्मान दिने गरेको उहाँको बुझाई छ ।महिलाहरु स्वरोजगार बन्ने तिर आकर्षित भए पनि सहज रुपमा उद्यम व्यवसाय गर्ने वातावरण अझै बन्न नसकेको व्यवसायी महिलाहरुको भनाई छ । महिलाको आर्थिक सशक्तिकरण बिना देशको आर्थिक समृद्धि हुन नसक्ने भएकाले राज्यले महिलाले सञ्चालन गरेका उद्यम व्यवसायलाई थप प्राथमिकता दिनुपर्ने महिला हरुले बताएका छन् । ।सरकारले दिने विभिन्न सहुलियत कर्जाहरुले पनि उद्यम व्यवसाय मा लाग्न प्रोत्साहन भइरहेको उद्यमी महिलाहरु बताउँछन् ।


प्रकाशित : २०७७ चैत ११ गते १८:१९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology