जिल्लाकै तेस्राे बालमैत्रि वडा बन्याे ताहु

सुरेश देवकोटा
प्रकाशित : २०७७ चैत १२ गते २२:५३

पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं. ५ ताहुँ पाल्पा जिल्ला कै तेस्रो बालमैत्रि वडा घोषणा बुधबार भएको छ । लुम्बिनी प्रदेश सभा संसद नारायण प्रसाद आचार्य , पाल्पा जिल्ला समन्वय समिति सभापति मिरा मरासिनि , रम्भा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारी, कार्यकारी प्रमुख कृष्ण प्रसाद ढकाल ले जिल्ला कै तेस्रो बालमैत्रि वडा विशेष समारोहका विच घोषण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्य बालबालिका को क्षेत्रमा रम्भा गाउँपालिका ले धेरै उदाहरणिय कार्य गरेको र तेसैको फलस्वरुप रम्भा गाउँपालिका वडा हरु लाई पाल्पा जिल्ला कै पहिलो दोस्रो र तेस्रो बालमैत्रि बडा घोषण गर्न सफल भएको मा बधाई पनि दिनुभयो । यसलाई सफल बनाउन सहयोग गर्नुभएका सवैलाई धन्यवाद समेत दिनु भएको छ ।
जिल्ला समन्वय समिति का कार्यवाहक प्रमुख कार्यक्रम का विशिष्ट अतिथि मरासिनि ले पाल्पा जिल्ला कै नमुना गाउँपालिका को रुपमा अगाडि बढेको र यो गाउँपालिका लाई जिल्ला बाट गर्नुपर्ने हरेक काम मा सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।
“रम्भा गाउँपालिकाको आफ्नेै शान ः बालमैत्रि स्थानिय शासन हाम्रो अभियान” नारा का साथ विभिन्न कार्यक्रम रम्भा गाउँपालिका भरी विभिन्न बालमैत्रि कार्यक्रम गरिएको छ ।
बाल अधिकार सुनिश्चिित का लागि बालबालिका केन्द्रीत कार्य गर्न बालमैत्रि स्थानिय शासन राष्ट्रिय रणनिति तथा घोषणा कार्यबिधि २०७० अनुसार रम्भा गाउँपालिका ले पाल्पा जिल्ला कै पहिलो बालमैत्रि वडा को रुपमा रम्भा २ फोक्सिङकोट र दोस्रोमा रम्भा १ हुगि घोषणा भएको र अब बाकि वडा हरुलाई पनि छिटै सम्पुर्ण सुचकहरु पुरा गरि बालमैत्रि वडा घोषणा गरिने कार्यक्रम रहेको राधा देवि श्रेष्ठ बताउनु भयो ।
गाउपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारी ले २०७४÷०७५ को निति तथा कार्यक्रम बाट गाउँपालिका लाई बालमैत्री वडा लक्ष्य लिएको यसका लागि बालमैत्रि का ३९ वटा सुचक र गाउँपालिका को २ वटा सुचक हरु पुरा भएर बालमैत्रि वडा घोषण गरिएको साथै यसका लागि पहिला रम्भा गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरु लाई बालमैत्रि घोषण गरिसकेको पनि जानकारी गराउनु भयो ।
बालमैत्रि घोषणा का लागि बालमैत्री स्थानीय सासन समितिको बैठक, बडा स्तरीय बालमञ्चहरुको बैठक , सम्पूर्ण विद्यालयका शिक्षकहरुलाई बालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखिकरण , सम्पूर्ण विद्यालय मा बाल कल्बको स्थापना गरिएको बालमैत्रि कार्यदल का सदस्य कुश्माखर पाण्डेले आफ्नो बार्षिक प्रतिवेदनमा बताउनु भयो ।
कार्यक्रममा वडाका महिला स्वस्थ्य स्वयमसेविका , स्वास्थ्य कर्मि तथा पोषण सहयोगि सहजकर्ताहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा प्राकृतिक बालकल्ब का नकुल वि.क. , बाल मञ्च की शुष्मा शुर्यवंशि , प्रमुख प्रशाकिय अधिकृत कृष्ण प्रसाद ढकाल लगायत ले शुभकामना दिनुभएको हो भने स्वागत रम्भा गाउँपालिका वडा नं. ५ वडा सदस्य ईश्वरी प्रसाद श्रेष्ठले गर्नुभएको कार्यक्रम वडा अध्यक्ष खुम कान्त बस्यालको अध्यक्षतामा संञ्चालन वडा सचिब अम्बिसरा काम्मुले गर्नुभएको हो ।


प्रकाशित : २०७७ चैत १२ गते २२:५३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology