पूर्वखोलामा गाउँपालिका अन्तर आधारभू तह दौड प्रतियोगिता सम्पन्न
कन्दरा न्युज सम्बाददाता प्रकाशित : २०७७ चैत १३ गते १८:३९
नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्वखोला गाउँ समिती पाल्पाको आयोजनामा आधारभूत तह स्तरिय दौड प्रतियोगिता उद्दबुद्ध माध्यमिक विद्यालय पूर्वखोला -३ मा सम्पन्न भएको छ । पूर्वखोला भित्र जम्मा १५ विद्यालय रहेकोमा १३ बिद्यालयको विद्यार्थीहरुले खेलमा भाग लिएको प्रतियोगितामा छात्र तर्फ ४०० मिटर दौड प्रतियोगितामा मदन आश्रीत आधारभूत सिलुवा का छात्र पहिलो , शम्भु माध्यमिक विद्यालय जल्पा दोस्रो र जनप्रिय माध्यमिक विद्यालय हेक्लाङका विध्यार्थी तेस्रो भएका छन । छात्र तर्फको ३०० मिटर दौड प्रतियोगितामा गणपती माध्यमिक विद्यालय बीरकोट पहिलो उद्दबुद्ध माध्यमिक विद्यालय रिङ्नेर र मातृभुमी माध्यमिक विद्यालय देविनगर दोस्रो र खांण देवि आधारभू विद्यालयका विध्यार्थी तेस्रो भएको छन । कार्यक्रममा बोल्दै पूर्वखोला गाउँ पालिका शिक्षा शाखा अधिकृत डिल्लिराम ढुंगानाले यस्ता कार्यक्रमले बालबालिकाहरुको अन्तरनिहित क्षमता वृद्धि गर्ने भन्दै उनिहरुको मानसिक र शारीरिक विकासमा समेत टेवा पुग्ने बताउनु भयो।
कार्यक्रममा पूर्वखोला उद्बुद्ध माध्यमिक विद्यालय वि.व्य.स. अध्यक्ष कृस्ण प्रसाद भट्टराई , शिक्षक माहासंघ पूर्वखोला अध्यक्ष सुशिल न्यौपाने लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमा कार्यक्रममा पहिलो दोस्रो र तेस्रो हुने बालबालिकाहरुलाई मेडल र प्रमाणप्रत्र प्रदान गरियको थियो उद्दबुद्ध माध्यमीक विद्यालयका शिक्षक तथा हिस्टान जिल्ला अध्यक्ष अन्न्तराम पान्डेको स्वागत ने.रा.शि.सं.पूर्वखोलाका सचिब माधब न्यौपाने तथा सद्स्य कृष्ण प्रसाद पंगेनिको सन्चालनमा भयको कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन पुर्वखोला गाउँ पालिका गाउँ समितिका अध्यक्ष लोकहरी देवकोटाको अध्यक्षतामा चलेको हो।
Facebook Comment