चार दिन शिक्षणसंस्था बन्द गर्ने सरकारको निर्णय

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ चैत १६ गते १७:१४

चैत १६,पाल्पा
सरकारले सम्पूर्ण शिक्षण संस्थाहरु ४ दिन बन्द गर्ने निर्णय गरेको छ ।
आज शिक्षा,विज्ञान तथा प्रविधी मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै आगामी चैत्र २० गते शुक्रबारसम्म देशभरका शिक्षणसंस्थाहरुमा विदा दिएको छ । तर पूर्व निर्धारित कार्यतालिका अनुसार परिक्षा सञ्चालन गरिरहेका विश्वविद्यालय र उच्च शिक्षा प्रदायक शिक्षणसंस्थाहरुले भने स्वास्थ्य सजगता अपनाउदै परिक्षा सञ्चालन गर्न सक्ने विज्ञप्तिमा जनाइएको छ । साथै अहिलेको विषम वातावरणीय परिस्थितिमा आफ्ना बालबालिकाहरुलाई विदाको समयमा घरभित्रै रहने वातावरण मिलाई स्वास्थ्य प्रतिकूलताबाट जोगाउन समेत आग्रह गरिएको छ ।


प्रकाशित : २०७७ चैत १६ गते १७:१४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology