रामपुरमा चैते धान रोपाइ शुरु ।।

रमा भण्डारी
प्रकाशित : २०७७ चैत २० गते १९:३५

रामपुरमा चैते धान रोपाइ शुरु ।।
च्ौते २० रामपुर पाल्पा
चैतेधान पकेट क्षेत्र सम्वन्धी एक दिने अन्तक्रिया तथा रोपाइ शुभारम्भ कार्यक्रम भएको छ । चैते धानको पकेट क्षेत्र रामपुर नगरपालिकाको वडा नम्वर ४ को तल्लो वडबान मा आज धान रोपाइ शुभारम्भ भएको हो । तल्लो बडबान कृषक समुह रामपुर नगरपालिका वडा नम्वर ४ पाल्पाको आयोजना तथा रामपुर नगरपालिकाको आथिक सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा मुख्य पाहुना नगर उपप्रमुख विष्णु देवि घिमिरे आचार्यले बोल्दै पछिल्लो समय मा चैते धान लगाउने कृषक कम हुदै गएको बेलामा रामपुर ४ वडाबानका कृषकहरुले निरन्त्रता दिएर खेति गदै आएको बताउनु भएको छ । वहाले विगतका वर्ष देखि चैते धान पकेट क्षेत्र भनेर तल्लो बडवानमा कार्यक्रम संचालन हुदै आएको छ ।यस वर्ष ३ सय २ रोपनी क्षेत्रफलमा धान रोपाइ गर्ने कार्यक्रम भएको कृषि साखा प्रमुख रामहरी पाण्डेले बताउनु भएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका आर्थिक विकास समिति संयोजक हुमनाथ न्यौपानेले कृषकहरुको उत्साहा देख्दा खुशि लागेको भन्दै अव चैते धान खेतिमा निरन्त्रता दिएको मा खुशि व्याक्त गर्नु भएको छ ।
कार्यक्रममा वडा नम्वर ४ का वडा अध्यक्ष एक बहादुर नेपालीले आफ्ना भनाइ राख्नु भएको हो । ३० जना कृषक पकेट समुहमा बसेर काम गरिरहेका छन् । कार्यक्रममा अतिथि समेत सहभागि सामुहिक चैतेधान रोपाइ कार्यक्रममा समुहका सचिव पविसरा पचभैयाको स्वागत र संचालन समुहका पुर्व अध्यक्ष बलबहादुर पोखरेलले गर्नु भएको हो । कार्यक्रम समुहका अध्यक्ष ओम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको हो ।


प्रकाशित : २०७७ चैत २० गते १९:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology