वडा सदस्य निलकुमारी ठाडा स्मृति भवन , पालिका अध्यक्ष बाट उद्घाटन ।।

माया बस्याल
प्रकाशित : २०७७ चैत २० गते २०:३९

चैत २० गते ,
माया बस्याल ,माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी वडा सदस्य निलकुमारी ठाडा स्मृति भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । वि.स.२०३६/११/८ गते जन्मिनु भएकी उहाँको उल्पअायुमै २०७६/५/१९ गतेका दिन ४० वर्षको उमेरमा मृत्यु भएको थियो ।

उहाँको सम्झनामा गाउँपालिकाले स्मृति भवन बनाएको हो । स्मृति भवन उद्घाटन गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले गर्नु भएको हो कार्यक्रमका प्रमुख अथिति थापाले अाफूले गाउँपालिकाकाे परिवार बाट एकजना सदस्य गुमाउन परेको बताउदै उहाले सहकर्मीलाई गुमानु परेको समस्या र पिडा सँगै उहाँको सम्झनामा बनाइएको याे भवनले उहाँलाई सधैं हामी माझँ राख्ने उहाले बताउनु भयो । निलकुमारी हामी सँग भाैतिक रुपमा नभए पनि सम्झनामा सधैं अमर रहने साथै उहाँले अाफ्नाे ठाउँमा गर्न भनेका र राखेका बाचा वचन पालिकाले पूरा गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ।

कार्यक्रमका माथागढी गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले अाफ्नाे सहकर्मी गुमादा निकै पिडा भएको भन्दै उहाँको नाममा भवन बनेको धेरै राम्रो भएको बताउनु भयो ।
कार्यपालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले पनि दुख व्यक्त गर्दै अाफ्नाे कार्यकाल सुरु नहुदै मृत्यु भए पनि स्मृति भवन भने अाफ्नाे कार्यकालमा बनेको हुदाँ सम्झनामा सधैं रहने बताउनु भएको थियो ।

कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष दिपक थापा ,कार्यपालिका सदस्य तारा रसाइली लगाएतले दु:ख व्यक्त सहित अाफ्ना भनाइ राख्नु भएको थियोे ।
भवन बनाउन जग्गा सहयोग गर्नुहुने टुन्टी ठाडा जग्गादातालाई सम्मान समेत गरिएको थियो । भने प्रमुख अतिथिले रिबन काटेर भवन उद्घाटन गर्दै अाजबाट भवन पूर्ण रुपमा समुदायको भएको भन्दै समुदायलाई हस्तान्तरण गर्नु भएको थियो भने निलकुमारी ठाडाकाे फाेटाेमा फुलमाला अर्पण सहित सम्बवेदना प्रकट गरिएको थियो ।

कार्यक्रम एलिना घर्तीमगरको स्वागत मन्तव्य तेज घर्तीमगरकाे सञ्चालन तथा भवन निर्माण अध्यक्ष तथा निलकुमारी ठाडाका भाइ कुलबहादुर घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७७ चैत २० गते २०:३९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology