हेक्लाङमा प्रथम वडा अध्यक्ष कप सुरु ।।

Kandara News
प्रकाशित : २०७७ चैत २३ गते ९:२२

हेक्लाङ्मा प्रथम वडा अध्यक्ष कप सुरु भएको छ ।
चैत २२ । हेक्लाङ , पाल्पा
पूर्वखोला ६ हेक्लाङ मा प्रथम वडा सस्तरिय पूरुष भलीवल वडा अध्यक्ष कप चैत २२ गते देखि सुरु भएको छ । खेलको उद्घाटन गर्दै पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले , वडा अध्यक्ष मन बाहादुर सारु ,जनप्रिय माध्यमिक विद्यालय पूर्वखोला गाउँपालिका प्रधानाध्यापक बाबुराम घिमिरे , बह्रा देवी युवा समाजका अध्यक्ष कमल दर्लामी ले संयुक्त रुपमा रेफ्री देव बहदुर गाहा , र सह रेफ्री दिपक चौहान लाई भलीवल हस्तान्तरण गर्दै खेलको सुरुवात भएको थियो । खेलमा प्रथमलाई ६१ हजार , द्धितीय ४१ हजार र तृतीय २१ हजार सहितको पूरस्कार रहेको छ । खेल २५ गते सम्म संचालन हुने वडा अध्यक्ष मन बहादुर सारुले बताउनु भयो ।उद्घाटन कार्यक्रमको संचालन भरत सिंजालीले गर्नु भएको हो ।


प्रकाशित : २०७७ चैत २३ गते ९:२२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology