प्रथम रिङ्गनेरह वडाकप शुरु

नवीन आचार्य
प्रकाशित : २०७७ चैत २५ गते ७:४७

चैत २४,पूर्वखोला
पुर्वखाेला गाउँपालिका वडा नं.-३,रिङ्गनेरहमा प्रथम वडा कप विविध खेलकुद प्रतियोगिताका साथ शुरु भएकाेछ ।
पूर्वखोला युवा क्लवको आयोजनामा शुरु प्रतियाेगिता अन्तरगत आज पहिलाे दिन ब्याडमिन्टन प्रतियाेगिता सम्पन्न भएकाेछ। पुर्वखाेला-३,रिङ्गनेरहकाे ब्याडमिन्टन काेर्टमा सम्पन्न भएकाे पुरुष डबल ब्याडमिन्टन प्रतियाेगितामा वडा नं.-३ अन्तरगत ६ वटा टाेलका १० टिम सहभागी भएका थिए ।
ब्याडमिन्टन प्रतियाेगितामा साबिक रिङ्नेरह गाबिस वडा नं.-३,का विवेक न्याैपाने र सुबाेध न्याैपाने प्रथम,साबिक वडा नं.-१,का शालिकराम आचार्य र सबिन भट्टराईले दाेस्राे स्थान हासिल गरेका छन् ।
ब्याडमिन्टन प्रतियाेगिता कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष निलकण्ठ भट्टराईले भाेलि यस्ता प्रतियाेगिताले युवाहरुमा आत्मियता बढने,शारिरीक मानसिक फुर्तिलोपन जगाउने भन्दै यस्ता प्रतियोगिताहरुलाई आउने दिनमा वडा बाट विशेष सहयाेग रहने बताउनुभयाे ।
साविक रिङ्गनेरह गाविसभित्रका विभिन्न टोल (साविक वडा स्तरिय) भलिबल,ब्याडमिन्टन र महिला घैंटाफाेर प्रतियोगिता सन्चालन हुने वडाकप चैत २६ गते समापन हुनेछ ।
गंगा काम्मुकाे अध्यक्षतामा भएकाे कार्यक्रम नवीन आचार्य काे सन्चालन मा सम्पन्न भएकाे थियाे।


प्रकाशित : २०७७ चैत २५ गते ७:४७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology