आधारभूत तह पालिका स्तरको राष्ट्रपति रनिङ शिल्ड कुन विद्यालयले कुन पद जिते सम्पूर्ण विवरण सहित ।।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७७ चैत २५ गते २२:०७

आधारभूत तह पालिका स्तरको राष्ट्रपति  रनिङ शिल्ड कुन विद्यालयले कुन पद जिते सम्पूर्ण विवरण सहित ।।
चैत २५
पूर्वखोला गाउँपालिकामा संचालन भएको दोस्रो पालिका स्तरीय राष्टपति रनिङ शिल्ड प्रतियोगितामाको आधारभूत तह स्तरीय प्रतियोगिता चैत २३ र २४ गते २ दिन विभिन्न खेल हरु सहित सम्पन्न भएको छ । आधारभूत तहमा जम्मा ६ खेल संचालन भएकोमा विभिन्न विद्यार्थीहरुले खेलका सहभागि बनि सफलता हासिल गरेका थिए ।
उद्बुद्धलाई ४ स्वर्ण जिताउन छात्रा १००र २०० मिटर दौडमा विमला ठाडा सफल भईन् ।त्यस्तै छात्र १०० मिटर दौडमा निर्मल आले र छात्रा ४०० मिटर दौडमा अस्मिता परिवारले जिताउन सफल भए । खेलमा उद्बुद्धलाई १ रजत जिताउन छात्र रिले दौड ४ सय मिटर ४ खेलाडि विद्यार्थीले जिताउन सफल भए ।
मातृभुमिलाई ३ स्वर्ण जिताउन छात्रा हाईजम्पमा र लङ्जम्पमा बविता परिवार सफल भईन् । साथै छात्रा रिलेदैड ४ सय मिटर ४ खेलाडि विद्यार्थीले जिताउन सफल भए ।
मातृभुमिलाई २ कास्य जिताउन छात्र १०० मिटर दौडमा बुद्धि ब. गाहा सफल भए । साथै छात्रा ४०० मिटर दौडमा पवित्रा प्रधानले जिताउन सफल भईन् ।
मदन आश्रीत आ.वि. लाई २ स्वर्ण जिताउन छात्र २०० र ४०० मिटर दौडमा हिरा खासुले जिताउन सफल भए । मदन आश्रीत आ.वि. लाई १ रजत जिताउन छात्रा हाईजम्पमा विमला चिदीले जिताउन सफल भईन् । मदन आश्रीत आ.वि. लाई १ कास्य जिताउन छात्र हाईजम्पमा हिरा खासुले जिताउन सफल भए ।
जन पृप्रियलाई १ स्वर्ण जिताउन छात्र हाईजम्पमा कर्ण ब. झेडीले जिताउन सफल भए । जन पृप्रियलाइ १ रजत जिताउन छात्र १०० मिटर दौडमा कर्ण ब. झेडीले जिताउन सफल भए । पृप्रियलाइ १ कास्य जिताउन छात्र ४०० मिटर दौडमा कर्ण ब. झेडीले जिताउन सफल भए ।
अकलाई १ स्वर्ण जिताउन छात्र लम्जम्पमा सन्देश सारुले जिताउन सफल भए । अकलाई कास्य जिताउन छात्रा २०० मिटर दौडमा चनिसरा जर्घा सफल भईन् । अकलाई १ कास्य जिताउन छात्र रिले दौड ४ सय मिटर ४ खेलाडि विद्यार्थीले जिताउन सफल भए ।
जनमार्गलाई १ स्वर्ण जिताउन छात्र रिले दैड ४ सय मिटर ४ खेलाडि विद्यार्थीले जिताउन सफल भए । जनमार्गलाई २ रजत जिताउन छात्र हाईजम्पमा लिला बाकावल र छात्र १०० मिटर दौडमा बसन्त श्रेष्ठ सफल भए । जनमार्गलाई २ कास्य जिताउन छात्र २०० मिटर दौडमा ओम ब. पाटा र छात्रा रिले दौड ४ सय मिटर ४ खेलाडि विद्यार्थीले जिताउन सफल भए ।
शारदा आविलाई १ रजत जिताउन छात्रा लङ्जम्पमा सृजना बयम्बुले सफलता हासिल गरिन् ।
गणपतिलाई ४ रजत जिताउन छात्रा १०० मिटर दौडमा रिया पुन, छात्रा २०० मिटर दौडमा बिपिषा ढेंगा , छात्र ४०० मिटर दौडमा हिमाल दर्जी भए । साथै छात्र रिले दौड ४ सय मिटर ४ खेलाडि विद्यार्थीले जिताउन सफल भए ।
शम्भुलाई १ रजत जिताउन छात्र २०० मिटर दौडमा ओम ब. ढेंगा सफल भए ।
खाण देविलाई १ रजत जिताउन छात्रा ४०० मिटर दौडमा सृष्टि काम्मु सफल रहिन् भइन । खाण देविलाई १ कास्य जिताउन छात्र २०० मिटर दौडमा सृष्टि काम्मु सफल भइन । सरस्वतीलाई २ कास्य जिताउन छात्रा लङ्जम्पमा प्रतिक्षा घर्ती सफल भइन् ,छात्रा लङ्जम्पमा याम ब. काम्मु सफल भए ।
जन उज्ज्वल लाई १ कास्य जिताउन छात्रा हाईजम्पमा सोनु बारघरे सफल भइन ् ।
पूर्वखोलामा ७ माध्यमिक र ८ आधारभूत गरी आधारभूत गरी १५ विद्यालय रहको छ । ३ विद्यालय भने कुनै पनि पदक हासिल गर्न सफल रहेन ।

 

 


प्रकाशित : २०७७ चैत २५ गते २२:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology