नबिन्द्र राज जोशी को १२ औं पुन्य तिथिको अवसरमा नेविसंघ पाल्पाले श्रद्धाञ्जली सभा गर्यो ।।

कपिल देवकोटा
प्रकाशित : २०७७ चैत २५ गते २२:५४

नेपाली काँग्रेस केन्द्रिय सद्स्य एवम नेविसंघ का पूर्व माहामन्त्री स्वर्गीय नविन्द्र राज जोशी को १२ औं पुन्य तिथिको अवसरमा नेविसंघ जिल्ला कार्यसमिति पाल्पाले दिप प्रजोलन एबम श्रद्धाञ्जली सभा कार्यक्रम वि. पि . चोक तान्सेनमा सम्पन्न गरेको छ । श्रद्धाञ्जली सभाका प्रमुख अथिति नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिब अजमायन कर्मचार्यले स्वर्गीय नबिन्द्र राज जोशि ले गरेका सकारात्मक कामको प्रसम्सा गर्दै स्वर्गीय श्रद्धाञ्जली अर्णपण गर्नु भएको थियो । कार्यक्रममा कृस्ण प्रसाद बस्याल , माधब नेपाल , पुन्य सुबेदी लगाएत ले नविन्द्र राज जोशी प्रति श्रद्धाञ्जली अर्णपण गर्नु भएको थियो । श्रद्धाञ्जली कार्यक्रमा स्वर्गीय जोशीको चिर आत्माको शान्तिको कामना गर्दै १ मिनेट मौन धारण सहित भएको कार्यक्रममा नेविसंघ जिल्ला सचिब सुवास गैह्रेले संचालन भएको कार्यक्रम नेविसंघ जिल्ला अध्यक्ष सुरेश बोहरा को अध्यक्षतामा भएको थियो ।


प्रकाशित : २०७७ चैत २५ गते २२:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology