रामपुरमा जनजातिहरुका लागिब ५ दिने उद्घोषण तालिम शुरु ।।

रमा भण्डारी
प्रकाशित : २०७७ चैत २७ गते २१:५८

चैत २७ ।। रामपुर पाल्पा

एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको आयोजनामा ५ दिने उद्घोषण तालिम सुभारम्भ भएको छ । होटल श्रीनगरको सभा हलमा भएको तालिम उद्घाटन कार्यक्रमका मुख्य पाहुना नेपाली काँग्रेस पाल्पाका सभापति विरबहादुर राना रहनु भएको हो । कार्यक्रममा मुख्य पाहुना रानाले बोल्दै हामी मगर हरु हिजो कहाँ थियौ आज कहाँ छौ भन्दै अवका सन्ततिलाइ कस्ता गराउने भनेर जान पर्छ भन्नु भएको छ । तालिम शुभारम्भका अवश्वरमा वहाले अव सागुरो भएर सोच्ने होइन फराकिलो ढगले अगाडि जानु पर्छ भन्दै तालिममा सिकेका सिपलाइ व्यावहारमा उतार्नन अनुरोध गर्नु भएको छ ।
कर्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले हरेक नागरीक सग एक एक वटा कला हुन्छ कसैले बाहिर देखाउन सक्छन त कसैले सक्दैनन यति फरक हो भन्दै मगरहरुको उत्थानको लागि नगरपालिका जहिले पनि सकरात्मक भएको बताउदै सहभागिलाइ तालिममा सिकेका कुरा व्यावारमा उर्तान अनुरोध गर्नु भएको छ । कार्यक्रममा उपप्रमुख विष्णुदेवि घिमिरे आर्चाय ,महासमिति सदस्य रामप्रसाद श्रेष्ठ,नेकपा एमाले नगर इन्चार्ज राजु प्रसाद श्रेष्ठ, वडा नम्वर ७ का वडा सदस्य कमलराज भट्टराइ ,नेपाली काँग्रेस नगर सचिव चिरन्जीवि सिक्देल, संस्थाका सल्लाहकार लुक बहादुर विरकट्टा, भुमिहिन समस्या समाधान आयोग पाल्पाका सदस्य दुर्गादेवि राना , प्रशिक्षक मनोज घर्ति मगर,सदस्य यविता चिदी लगायतले तालिम सफलताको शुभकामना दिनु भएको थियो । सस्थाका उपाध्यक्ष नरेन्द्र कुमार जर्घाको स्वागत बाट शुरु भएके कार्यक्रमा अध्यक्ष राम बहादुर हिस्की मगरको अध्यक्षतामा भएको तालिम ५ दिन सम्म संचालन हुने छ । तालिममा रामपुर नगर भित्रका दिदि बैनिहरुको सहभागिता रहेको थियो । रामपुर नगरपालिका को लक्षित वर्ग अन्तर्गत जनजाति हरुको लागि विनियोजित रकम बाट तालिम संचालन भएको हो ।


प्रकाशित : २०७७ चैत २७ गते २१:५८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology