शम्भु मा.वि.,जल्पाले मनायो ६२ अौं वार्षिकोत्सब

माधव पाण्डे
प्रकाशित : २०७७ चैत ३१ गते २१:३४

चैत ३१ गते/जल्पा,पाल्पा

शम्भु माध्यमिक विद्यालय पुर्वखोला-२,जल्पा पाल्पाले ६२ औं बार्षिकउत्सव तथा अविभावक दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ।
कार्यक्रमका प्रमुख अतिथी पुर्वखोला गाउँपालिका अध्यक्ष नून बहादुर थापाले अबको समय डिजिटल प्रविधीको युग भएकोले प्राविधिक शिक्षा तथा अनलाइन शिक्षालाई जोड दिएर लाग्नुपर्ने बताउनुभयो। सुचना प्रविधिको प्रयोग गरि सिकाई क्रियाकलाप गराउँदा बालबालिकाहरुले धेरै छिट्टो बुझ्ने र सिकाई उपलब्धी समेत राम्रो हुने हुँदा शिक्षकहरू नयाँ प्रविधी र शिक्षण विधीहरुमा नियमित अपडेट हुनु पर्ने आवश्यकता अौंल्याउनुभयो । अभिभावकहरू पनि अहिलेको शिक्षा प्रणालीमा चासो देखाउनु पर्नेमा जोड दिनु भयो । मातृभूमि मा.वि.देवीनगरका प्र.अ.मेहरमान थापाले हालै सम्पन्न गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले छिमेकी विद्यालयहरू बीच सम्बन्धमा राम्रो बनाएको बताउनुभयो। कार्यक्रममा समाजसेवी भीम जर्घा,विष्णु बहादुर सारु,शिक्षक राम प्रसाद न्यौपाने, विनय पेमी ,माया राना लगायतले विद्यालयलाई शुभकामना दिनु भयो। यसै अवसरमा विद्यालयका शिक्षक शिव प्रसाद न्यौपानेले आफ्नो आमा स्वर्गीय डिल कुमारी न्यौपानेको स्मृतिमा खेल संरक्षण कोषको लागि रु १० हजार अक्षय कोष र रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूको लागि प्रोत्साहन पुरस्कार रु.५ हजार विद्यालयलाई हस्तान्तरण गर्नुभयो । त्यस्तै गरी खेलकुद मञ्च जल्पाका विष्णु बहादुर सारुले बाबा स्व.थर्क बहादुर सारूको सम्झनामा खेल संरक्षण अक्षय कोषको लागि रु ५ हजार रुपियाँ हस्तान्तरण गर्नुभयो । कार्यक्रमका बीचबीचमा पुरस्कार वितरण,बालप्रतिभा लोकगायन, बालबालिका नृत्य प्रदर्शन गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर बहादुर सारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका प्र.अ.चित्र बहादुर कुँवरले विद्यालयको प्रगति प्रतिवेदनको साथै १ करोड,५ लाख,६२ हजार,३ सय ३३ रूपियाँ बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।


प्रकाशित : २०७७ चैत ३१ गते २१:३४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology