देवीनगर बाल चेतना बाल मन्चद्धारा वडा भरीका बाल क्लब हरुलाई खेलकुद सामग्री हस्तान्तरण

भुवन सिंजाली
प्रकाशित : २०७७ चैत ३१ गते २१:४९

चैत ३१/ पूर्वखोला देवीनगर
पूर्वखाेला गाउपालिका वडा नम्बर ४ देविनगरमा गठित बाल चेतना बाल मन्चले बाल क्लबहरुलाइ खेलकुद सामाग्री वितरण गरेको छ। देविनगर वडा कार्यालयकाे अार्थिक वर्ष २०७७/७८ काे लक्षित वर्ग कार्यक्रम अन्तरगत विनियोजन गरेको ५० हजार बजेटकाे १५ हजार बराबरको खेलकुद सामाग्री वितरण गरेको हाे।देविनगर वडा भित्र क्रियाशील १५ वटा बाल क्लबलाई प्रत्येक क्लबहरुलाइ ३ थान स्पिकिङ डाेरि २ थान लुडाे चेस र बाल मन्चलाइ समेत गरेर जम्मा ५० थान स्पिकिङ ४० थान लुडाे २० थान चेस बाल मन्चका अध्यक्ष प्रतीक्षा कार्कीले वितरण गर्नु भयो । देविनगरका वडा सदस्य बालबालिका क्षेत्र हेर्ने भुवन सिङ्जालिले खेलकुद सामाग्रीले गर्दा बालबालिकाहरुमा अात्म निर्णय गर्ने क्षमताकाे विकास हुनुका साथै अर्थपुर्ण सहभागीतामा वृद्धि हुने हुदा खेलकुद सामाग्री वितरण गरेको बताउनु भयो ।


प्रकाशित : २०७७ चैत ३१ गते २१:४९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology