सामुदायिक रेडियो रामपुरको अन्तक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।।

रमा भण्डारी
प्रकाशित : २०७८ वैशाख ५ गते ७:५८

सामुदायिक रेडियो रामपुरको अन्तक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
बैशाख ५/  रामपुुुर , पाल्पा
कालिगण्डकी सामुदायिक विकास केन्द्र द्धारा संचालीत सामुदायिक रेडियो रामपुर पाल्पाको एक कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघ अकोरावका अध्यक्ष अर्जुन गिरीले देशका हरेक परिश्थितिमा सामुदायिक रेडियोले खेलेको भुमिका महत्वपुर्ण रहेको बताउनु भएको छ । रामपुर बेझाडको होटल न्यु श्रीनगरमा भएको सामुदायिक रेडियो रामपुरको अन्तक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रममा अकोरावका अध्यक्ष गिरीले यस्तो बताउनु भएको हो । उहाँले देशका अन्य रेडियायेको तुलनामा सामुदायिक रेडियोय रामपुरको भुमिका बेग्लै खालको रहेकोमा जोड दिदै समुदायिको मुठिदान र घाँस दाउरा सहयोगबाट संचालित रेडियोलाई स्थानिय सरकारको महत्वपुर्ण सहयोग हुनुपर्नै बताउनु भएको । अध्यक्ष गिरीले सामुदायिक रेडियोहरुका लागि कतिपय नितिगत निर्णय का लािग राजनितिक दलहरुले पनि गर्नु पर्ने भन्दै नगरप्रमुखलाइ सम्वन्धीत ठाउँ सम्म पुुर्याउन अनुरोध गर्नु भएको छ ।
क्रार्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले समुदायको रेडियोले समुदायमै सुचना दिने भएकोले स्थानिय सरकारलाई घचघच्याउने र राम्रा नराम्रा कुरालाई बाहिर ल्याउने दायित्व पनि सामुदायिक रेडियो रामपुरले गर्नु पर्नै उल्लेख गर्नुभएको छ ।
कार्यक्रममा अकोरावका बरिष्ठ उपाध्यक्ष विष्णु अवस्थी,उपाध्यक्ष मिलन गाहा गाउँ गाउँमा प्रितिनिधि राखेर र ९ सय आजिवन र विष्शिठ आजिवन सदस्य रहेको साच्चिकै समुदायिको आवाज बोल्ने रेडियो भएको भनदै समुदायको सहयोग पहलमा सुचना सम्प्रेषण सामुदायिक रेडियोको योगदानका विषयमा धारण राख्नु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका लुम्विनी प्रदेशका सदस्यले प्रेम नारायण आर्चायले बोल्दै समाज रुपान्त्रणमा महत्वपुर्ण भुमिका खेलेको रेडियो लाइ सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भएको छ । कार्यक्रममा कालिगण्डकी सामुदायिक विकास केन्द्र का अध्यक्ष देबेन्द्र प्रसाद पोखरेल, वडा नम्वर ५ का वडा अध्यक्ष हिमाल मल्ल ,३ का अध्यक्ष दिनेशकुमार खनाल रेडियो को पुर्व संचालक समितिका सदस्य दुर्गादेवि पोखरेल,रामतुलसी मा वि का व्यावस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौड्याल रामपुर बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष नगिलाल पौड्याल रेडियोका प्रतिनिधि लगायत सहभागि सबैले पालैपालो शुभकामना दिनु भएको हो । रेडियो रामपुरका संचालक समितिका अध्यक्ष ऋिषिराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्टेशन प्रवन्धक छवि खनालले गर्नु भएको हो ।सामुदायिक रेडियो रामपुर काली गण्डकी उपत्यका भएर बज्ने यो रेडियो २०५५ साल बाट संचालनमा आएको दैनिक साडे १७ घण्टा यो रेडियोले प्रसारण हुने गर्द गर्दछ ।


प्रकाशित : २०७८ वैशाख ५ गते ७:५८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology