खाँदरबाट रामपुर आउदै गरेको जिप दुर्घटना

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ वैशाख ६ गते १०:५८

वैशाख ६,ढुंगानाबेशी
पाल्पाको निस्दी गाउँपालिका-३,झिरुबास,खाँदरबाट रामपुर आउदै गरेको जिप गल्धामा दुर्घटना भएको छ । दुर्घटनामा केही घाइते भएका छन् । खाँदरबाट रामपुरका लागि छुटेको सो जिपमा धेरैजना सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) बुझ्न आउने नागरिकहरु परेको स्थानियले बताएका छन् ।
लु १ ज ५७११ नम्बरको जिप निस्दी-५,गल्धा,पिपल भञ्ज्याङ्गमा दुर्घटना भएको हो। दुर्घटनाका घाईतेहरुलाई रामपुर अस्पतालमा उपचारको लागि ल्याइएको प्रहरीले जनाएको छ । दुुुर्घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।


प्रकाशित : २०७८ वैशाख ६ गते १०:५८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology