गोरखा कल्याण समाज अध्यक्ष थापा कोरोना संक्रमित

महेश थापा
प्रकाशित : २०७८ वैशाख ६ गते १२:२१

वैशाख ६,भोपाल
गोरखा कल्याण समाज समिति,भोपालका अध्यक्ष दिल बहादुर थापा Covid-19 संक्रमित हुनुभएको छ ।
मध्य प्रदेश आपूर्ती निगम,भोपाल,भारतमा कार्यरत थापालाई कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि ४ दिन अगाडी गान्धी मेडिकल अस्पताल,हमिदिया,भोपालमा भर्ना गरिएको थियोे । हाल उहाँको अवस्था सामान्य रहेको र स्वास्थ सुधारोन्मुख रहेको गोरखा कल्याण समाज समितिका सचिव महेश थापाले बताउनुभएको छ । भारतको मध्य प्रदेश राज्यको राजधानी भोपालमा रहेका नेपालीहरुको हकहितको रक्षा र एकताका लागि स्थापित गोरखा कल्याण समाज समिति विशुद्ध सामाजिक संगठन हो । समितिले भोपालमा समय-समयमा नेपाली सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने गरेको छ । अध्यक्ष थापा त्यहाँको स्थानिय राजनीतिमा भारतीय जनता पार्टी समर्थित राम्रो प्रभाव राख्ने व्यक्ति पनि हुनुहुन्छ । उहाँ पाल्पा जिल्ला,रम्भा गाउँपालिका-५,ताहूँ,माथिल्लो बाकुम निवासी हुनुहुन्छ । भारतको महाराष्ट्र,दिल्ली,मध्यप्रदेश,उत्तरप्रदेश जस्ता राज्यहरुमा कोरोनाले महामारीको रुप लिएको छ । भारत सरकारले अति प्रभावित भोपाल,ईन्दौर लगायतका शहरहरुमा लकडाउन घोषणा गरेको छ।


प्रकाशित : २०७८ वैशाख ६ गते १२:२१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology