रामपुर अस्पतालमा पहिलो अप्रेसनबाट सुत्केरी महिला आज डिस्चार्ज ।

रमा भण्डारी
प्रकाशित : २०७८ वैशाख ७ गते २०:०५

बैसाख ७  रामपुर पाल्पा

रामपुर अस्पताल रामपुर पाल्पामा पहिलो पटक शल्यक्रिया गरेर बच्चा जन्माउने महिला लाई डिसचार्ज गरिएको छ ।अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराई को अध्यक्षतामा एक कार्यक्रम का साथ डिसचार्ज गरेको हो ।महिलाको चैत ३१ गते विहान ९ बजेर २ मिनेट जादा एम डि डाक्टर बासुदेव सुवेदिको टोलिले पहिलो पटक रामपपुर अस्पतालमा शैल्यक्रिया गरि छोरीको जन्म दिएको अस्पताका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विजय परियारले बताउनु भएको छ । कार्यक्रममा अस्पताललाई विश्वास गरेर यहि सफल अप्रेसन गरि निस्दि गाउँ पालिका वडा नम्बर ५ बेलौजि बस्ने २७ वर्षिय यमसरी सारुको सफल अप्रेसन भएको हो ।कार्यक्रममा अप्रेसन टोलिका प्रमुख डा सुबेदिले केस नर्मल थिएन जहाँ गए पनि अप्रेसन नै गर्नु पर्थयो हामी यहि स्रोत र साधन जुटाएर सफल शल्यक्रिया गर्न सफल भयौ भन्नू भयो । नवजात शिशुका बुवा लिल बहादुर सारुले घरको आर्थिक अबस्था पनि कमजोर थियो बाहिर लैजान परेको भए कति खर्च हुन्थियो रामपुर मै अप्रेसन भयो आमा छोरीको अबस्था पनि राम्रो छ खुशि छु र अस्पताल परिवारलाई धन्यबाद दिन चाहान्छु भन्नू भएको छ । अस्पताल विकास समितिका अध्यक्ष भट्टराई ले अस्पतालले पहिलो शल्यक्रिया बाट जन्मिएको शिशु र आमालाई ५ वर्ष सम्म अस्पताल का सेवा निशुल्क दिने बताउनु भएको छ । यसै गरि यश बच्चाको लागि रामपुरमा हुने शिक्षामा पनि निशुल्क गर्ने रामपुर नगरपािकाले बताएको अध्यक्ष ले जानकारी गराउनुु भएको छ ।कार्यक्रममा बच्चाको लागि गुडिया र अस्पताललाई विश्वास गरेको भन्दै सुत्केरी आमा लाई सम्मान पत्र फुलमाला अविरले सम्मान गरेको समितिका सदस्य ईश्वरी देवि खनालले बताउनु भएको छ ।आज अप्रेसन गरेको सातौ दिन स्वास्थ्य अवस्था जाँच गरि डिस्चार्ज गरेको हो ।कार्यक्रम को सन्चालन प्रसासन का सुब्बा हिरा विकले गर्नु भएको हो ।


प्रकाशित : २०७८ वैशाख ७ गते २०:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology