कोभिड १९ विरुद्ध दोस्रो चरणको खोप कसेनीमा सम्पन्न भएको छ ।

माया बस्याल
प्रकाशित : २०७८ वैशाख ७ गते २०:३१

बैशाख ७  माथागढी , पाल्पा

माथागढी गाउँपालिका वडा नम्बर ३ मा माथागढी भित्रका जनप्रतिनिधि, कर्मचारी , पत्रकार ,स्वास्थ्यकर्मी लगाएतलाई पहिलो चरणको कोरोना विरुद्धको भ्याक्सिन लगाएकालाई दोस्रो चरणको भ्याक्सिन कसेनी स्वास्थ्यचौकीमा लगाइएको छ ।
गाउँपालिका अध्यक्ष सन्तोष थापाले लगाएपछि भ्याक्सिन लगाउन सुरु गरिएको थियो भने ५६ जना महिला र ४२ जना पुरुषलाई खोप लगाईएको स्वास्थ्य चौकी प्रमुख गोविन्द प्रसाद भट्टराईले जानकारी गराउनु भयो ।


प्रकाशित : २०७८ वैशाख ७ गते २०:३१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology