पूर्वखोलामा दोस्रो चरण अन्तर्गतको कोभिड-१९ खोप सम्पन्न

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ वैशाख ७ गते २१:३७

वैशाख ७,पूर्वखोला
पूर्वखोला गाउँपालिकामा कोभिड-१९ को दोस्रो चरण अन्तरगतको खोप आज सम्पन्न भएको छ ।
पूर्वखोला गाउँपालिकाको कोभिड अस्पताल,रिङ्नेरहमा भएको खोप कार्यक्रममा १२२ जना महिला तथा ६७ जना पुरुष गरि १८९ जनाले खोप लिएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य ईञ्चार्ज मोहन ढकालले बताउनुभएको छ । पहिलो चरणमा खोप लिएका २०३ जना मध्ये केहीले अन्यत्र खोप लिएको र केहिलाई खोप लिन नहुने अवस्था भएको कारण यसपटक खोप लिनेको संख्या केही घटेको पनि स्वास्थ्य ईञ्चार्ज ढकालले बताउनुभयो । गत २०७७ फागुन ७ गतेसम्म पहिलो मात्रा खोप लिएका पूर्वखोला गाउँपालिका भित्र कार्यरत स्वास्थ्यकर्मी,कर्मचारी,पत्रकार,जनप्रतिनिधि,वित्तीय संस्थाका कर्मचारी,महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई दोस्रो मात्रा खोप दिने कार्यक्रम अन्तरगत आज सो खोप कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०७८ वैशाख ७ गते २१:३७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology