पूर्वखोला भित्रका विद्यालय हरुमा बार्षिक परिक्षा बैशाख १६ देखी ।

Kandara News
प्रकाशित : २०७८ वैशाख ९ गते १७:०१

पूर्वखोला गा .पा . भित्रको बार्षिक परिक्षा बैशाख १६ गते देखी बैशाख २० गते सम्म दैनिक २ वटा विषय संचालन हुने भएको छ बैशाख ९ गते बसेको पूर्वखोला शिक्षा शाखा र प्रधानध्यापक हरुको बैठक बसि निर्णय गरेको बालकल्याण प्रा . वि का शिक्षक शकर प्रसाद न्यौपानेले बताउनु भयो । प्रश्न पत्र विद्यालय स्वयम प्रश्न पत्र तयार गरी परिक्षा लिइने तथा कक्षा ८ को परिक्षाको प्रश्न पत्र भने स्रोत केन्द्र भरी एउटै हुने गरी शिक्षा शाखाले नै प्रश्न पत्र उपलब्ध गराउने निर्णय गरेको छ । कोविड १९ लाई मध्यनजर राख्दै विद्यालयको बार्षिक परिक्षा अगाडि सार्नु परेको र स्वास्थ्यको पूर्ण पालना गरी परिक्षा गर्न  गरी परिक्षा गराउन पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापले बैठमा सबै प्र . अ हरुलाई अनुरोध गर्नु भएको थियो  । प्रधानाध्यापक हरुको बैठक पूर्वखोला उद्बुद्ध माध्यमिक विद्यालयमा भएको हो । बैठक नुन बहादुर थापाको प्रमुख अथित्यतामा उद्ध्बुद्ध माध्यमिक विद्यालयका प्र . अ लोकहरी देवकोटाको अध्यक्षतामा बसेको हो ।


प्रकाशित : २०७८ वैशाख ९ गते १७:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology