पाल्पाका ९ वटै स्थानीय तहले गरे भौतिक रुपमा हुने पठनपाठन बन्द,पूर्वखोला गाउँपालिकाको आएन सुचना

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ वैशाख १३ गते २१:३९

१३ बैशाख ।
पाल्पा जिल्लाका पूर्वखोला बाहेक अन्य ९ स्थानीय तहहरुले भौतिक रुपमा हुने ,पठन पाठन बन्द गरेका छन ।

कोभिड-१९ महामारीकाे जाेखिमलाई मध्यनजर गर्दैे पाल्पाका निस्दी , रम्भा , माथागढी , बगनासकाली , तिनाउ , रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिका तथा रामपुर र तानसेन नगरपालिकाले छ्ट्टाछुटै सुचना सार्वजनिक गरेर सम्पूर्ण विद्यालयहरुमा भौतिक रुपमा हुने परिक्षा लगायतका शैक्षिक क्रियाकलापहरु अनिश्चितकाल सम्मका लागि बन्द गर्ने निर्णय गरेका छन । आईतबार उच्चस्तरिय कोभिड-१९ महामारी व्यवस्थापन समिती (सिसिएमसी) निर्देशक समितीकाे बैठकले देशभरका विद्यालयहरुमा भाैतिक रुपमा उपस्थित भई गरिने परिक्षा लगायतका शैक्षिक क्रियाकलाप बन्द गरि भर्चुअल विधीद्वारा शिक्षण गर्ने भन्ने निर्णय गरेको थियो । साेहि निर्णयलाई जिल्ला स्तरमा लागू गर्ने उद्वेश्य अनुरूप पाल्पा जिल्लाका ९ ओटै स्थानीय तहले पालिका भित्रका सम्पूर्ण शैक्षिक संस्थामा परिक्षा तथा शिक्षण क्रियाकला बन्द गर्ने निर्णय गरेको छ । तर पूर्वखोला गाउँपालिकाले भने सिसिएमसीको निर्णय आएको एक दिन पुरै कट्दा समेत निर्णय गर्न सकेको छैन । गाउँपालिकाका अध्यक्ष अन्य बैठकमा व्यस्त भएको हुँदा साँझसम्म पालिकास्तरिय सिसिएमसीको बैठक बसेर सुचना सार्वजनिक गर्ने भनिए पनि यो समाचार तयार पार्दा (राती ९:१५ बजे) सम्म आधिकारिक जानकारी आएको छैन । पूर्वखोलामा बैशाख १६ गते देखी वार्षिक परिक्षा संचालन हुने भनिएकोमा अन्य स्थानीय तहबाट सुचना जारी भईसक्दा पनि यस गाउँपालिकाबाट अझैसम्म निर्णय नहुँदा विद्यार्थी,शिक्षक तथा अविभावकहरुमा अन्योलता उत्पन्न भएको एक विद्यालयका शिक्षकले बताउनु भयो । पालिकास्तरिय सिसिएमसीमा स्थानिय तहका प्रमुख,प्रमुख प्रशासकीय अधिकृत,स्वास्थ्य संयोजक र सुरक्षा निकायका प्रतिनिधि रहने व्यवस्था छ ।


प्रकाशित : २०७८ वैशाख १३ गते २१:३९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology