नवप्रतिभा बचत तथा ऋण सहकारी संस्थाले पूर्वखोलामा शाखा विस्तार संगै सेवा सुभारम्भ गरेको छ ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७८ वैशाख १४ गते १९:४७

बैशाख १४ , पूर्वखोला ,पाल्पा

नवप्रतिभा बचत तथा ऋण सहकारी संस्थाले पूर्वखोलामा शाखा कार्यालय उद्घाटन तथा सेवा आज पूर्वखोलामा एक संक्षिप्त कार्यक्रम गरी आफ्नो सेवा प्रवाहा सुरुवात गरेको छ । मध्यविन्दु -१० , आरुङ्गखोला केन्द्रीय कार्यालय रहेको यस सहकारी को शाखा कार्यालय पूर्वखोला -३ रिङ्नेरहम पूर्वखोला शाखाको उद्घाटन पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराईले सेवा सुभराम्भ गर्दै कार्यालयको रिवन काटेर उद्घाट गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अथिति भट्टराईले सहकारी संथा हरु ले कर्जा दिदा ध्यान दिनु पर्ने बताउदै केही व्यत्ति हरुमा व्यवसाय गर्नको लागी कर्जा लिने तर व्यवसाय नगरी ऋण को भार बढी हुदै उठीबास सम्म हुन पुगेको बताउदै यस्ता घटाना हुन पुर्वक नै सहकारीले अवस्था र मुल्यांकन गरेर मात्र त्यस्तो किसिमको कर्जाको व्यवस्था गर्नु पर्ने बताउनु भयो । उपाध्यक्ष भट्टराईले पालिकामा रहेको यस संथाको संरक्षण पालिकाले गर्ने उहाले बताउनु भयो ।
कार्यक्रममा पूर्वखोला कृषी बहुउद्देश्यीय संथा रिङ्नेरहका अध्यक्ष बासुदेव न्यौपाने ले यस सहकारी आएकोमा पूर्वखोला भित्र रहेका अन्य साना सहकारी र अन्य संघ संथा संग समन्वय गरेर अघि बढ्न पर्ने सुझाव सहित आफ्नो भनाई राख्नु भएको थियो ।
नवप्रतिभा बचत तथा ऋण संहाकारी संथाका प्रमुख कार्यकारी निर्देशक राम प्रसाद काफ्ले मध्यविन्दु नगरपालिका आरुङ्गखोला प्रधान कार्यालय भएर स्थापना भएको यस संथाले ३ वटा प्रदेश र ५ जिल्लामा २२ ठाउँबाट सेवा प्रभाह गरेको बताउदै उहाले सहकारीले युवा लक्षित कार्यक्रम , स्वास्थ्य कार्यक्रम , सामाजिल विकास कार्यक्रम ,सद्स्य राहात , सुरक्षा तथा संरक्षण कार्यक्रम , एक सेवा एक उद्यम कार्यक्रम , वातावरण सुधार कार्यक्रम , क्षेमता विकास कार्यक्रम , शैक्षिल विकास कार्यक्रम , सम्मान तथा प्रेरणात्मक कार्यक्रम , कृषि प्रबर्द्धन कार्यक्रम र खेलकुदमा नवप्रतिभा कार्यक्रम हरु सहित अघि बढेको बताउनु भयो । उहाले संथाले उद्यमी हरुलाई कर्जा उपलब्ध गराएर परिवारको आर्थिक उन्नति गराएको बताउनु भयो ।
कार्यक्रम नवप्रतिभा बचत तथा ऋण सहकारी संथाका संचालक समिति अध्यक्ष चन्द्रमणी खरेलको अध्यक्षतामा सचिव मोहन सिंह थापा बाकबल को स्वागत मन्तव्य र विमला पाठकको संचालनमा भएको थियो ।


प्रकाशित : २०७८ वैशाख १४ गते १९:४७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology