माथागढीको कसेनीमा ५ वर्षे अावधिक याेजना सम्बन्धि छलफल

मायाँ बस्याल
प्रकाशित : २०७८ वैशाख १४ गते २०:५३

५ वर्षे अावधिक याेजना सम्बन्धि छलफ

बैशाख १४, माया बस्याल , माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनीले सिङ्गो कसेनीलाई अाउने ५ वर्षमा कस्तो बनाउने भन्ने विषयमा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
छलफल कार्यक्रमका सहजकर्ता कृष्ण पाैड्यालले कसेनीलाई अागामी ५ वर्षमा कहाँ पूर्याउन सकिन्छ भन्ने विषयमा छलफल गराउनु भएको थियो । छलफलमा कृषि , भाैतिक पूर्वाधार , शिक्षा , स्वास्थ समाजिक बनावट ,सुशासन , शान्ति सुरक्षा , सेवाप्रवाह निकायले दिएको सेवा , गैरसरकारी संस्थाले गरेको काम , तटबन्ध ,व्यापारीक केन्द्र , अान्तरिक अायस्राेत जुटाउने माध्यम काे खाेजि भित्र रहेका समस्या चुनाैति सम्भावना विषयमा छलफल गरि अावधिक याेजना तयार पारिएको छ । छलफल कार्यक्रममा वडा भित्रका वडा प्रतिनिधि समाजका अगुवा , महिला , पत्रकार महासंघ अध्यक्ष विद्यालय प्र अ ,राजनीतिक दल ,समाजसेवी , बुद्धिजीवी टाेलसंयाेजक लगाएतकाे उपस्थिति रहेको थियोे भने सबैले अाफ्नाे वडालाई हामी सबै मिलेर अगाडि बढाउनु पर्छ भन्ने कुरामा सहमति जनाउँदै याेजनाहरु पेश गर्नु भएको थियोे ।

छलफल कार्यक्रम समापन समारोहमा अाफ्नाे भनाइ राख्दै वडा अध्यक्ष दिपक थापाले हामीले धेरै काम गर्याै भन्दै गर्दा कतिपय काम बाकी तथा अधुरा रहेका त्यस्ता काम तथा कार्यक्रमलाई अगाडि बढाउदै हामी सबै एकजुट भएर अगाडि गयौं भने वडाको मुहार फेरिन धेरै समय नलाग्ने तथा नमुना वडा बनाउन सकिने कुरामा पनि जाेड दिनु भएको थियो । कतिपय अवस्थामा भाैगाेलिक विकटताका कारण पनि धेरै समस्या तथा चुनाैति थपिने हुदा समस्या देखिएको भएता पनि याे छलफल कार्यक्रम निकै उपलब्धि मूलक रहेको हुदा उपस्थित सबैलाई धन्यवाद दिनु भएको थियो ।

छलफल कार्यक्रम कार्यक्रम सहजकर्ता कृष्ण पाैड्यालले सहजीकरण तथा वडा अध्यक्ष दिपक थापाको अध्यक्षता र कार्यालय सहायक सुकुमाया दर्जीकाे सञ्चालनमा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७८ वैशाख १४ गते २०:५३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology