रम्भा गाउँपालिका काे ताहुँ र अगाहखोला लसुने बजार शिल

सुरेश देवकाेटा
प्रकाशित : २०७८ वैशाख २० गते १८:१०

पाल्पा,
पाल्पा जिल्ला रम्भा गाउँपालिका को २ महत्वपुर्ण बजार ताहुँ बजार र अगाहखोलाको लसुने बजार शिल भएको छ ।

रम्भा गाउँपालिका वडा नं ३ अगाहखोला बजार क्षेत्र का ८६ बर्षका पुरुष कोरोना भाइरस को कारण उपचार को क्रममा मृत्यु भएपछि त्यस स्थान मा कोरोना भाइरस बढ्नसक्ने अनुमान गर्दै त्यसको नियन्त्रणको लागि आउदो मिति २०७८ बैसाख २६ गते बेलुका ८ बजे सम्मलाई त्यस बजार क्षेत्र सिल गरिएको हो ।


त्यस्तै रम्भा गाउँपालिका वडा नंं ५ को ताहुँमा प्राथमिक स्वास्थ्य केन्द्र ताहुँ मा कार्यरत कर्मचारी मा कोरोना भाइरस पोजेटिभ देखिए पछि पूर्वमा काउले पानि , पश्चिममा जनता प्रा वि., उत्तरमा नाचनडाँडा र दक्षिणमा माथिल्लो मलेङ्ग चौपारिको क्षेत्र यहि आउदाे मिति २०७८ बैशाख २५ गते सम्म शिल गरिएको वडा नं ५ का वडा अध्यक्ष खुमकान्त बस्याल ले जानकारी गराउनुभयो ।

 


प्रकाशित : २०७८ वैशाख २० गते १८:१०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology