श्रमिकको मासिक पारिश्रमिक न्युनतम १५०००

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ वैशाख २० गते २०:५९

पूर्वखोला ,बैसाख २०
नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन ,२०७४ को दफा १०६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी संवत् २०७८ साल साउन १ गते देखि लागु हुने गरि चिया बगानबाहेकका श्रमिकको लागि मासिक न्युनतम रू१५००० पारिश्रमिक निर्धारण गरेको छ । अब कुनै पनि श्रमिकले न्युनतम रू १५००० रकम प्राप्त गर्नेछ । यो भन्दा अगाडि न्युनतम पारिश्रमिक १३४०० निर्धारण गरेता पनि कार्यान्वयन हुन भने सकेको थिएन ।


प्रकाशित : २०७८ वैशाख २० गते २०:५९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology