पाल्पामा निषेधाज्ञा जेठ ४ गतेसम्म थप ।

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ वैशाख २३ गते १९:०९

२३ वैशाख,तानसेन
पाल्पामा निषेधाज्ञाको अवधी ११ दिनका लागि थप भएको छ ।
आज तानसेनमा बसेको DCCMC को बैठकपछि प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेद्वारा जारी गरेको आदेशमा आगामी जेठ ४ गते राति १२:०० बजेसम्म लागु हुने गरि निषेधाज्ञा थप गरिएको उल्लेख छ । कोरोना महामारीको संक्रमण जिल्लाभर फैलिएको भन्दै गत वैशाख १७ गते राति १२:०० बजेदेखि जारी गरिएको निषेधाज्ञा भोलि बैशाख २४ गते राति १२:०० बजेदेखि सकिँदैछ । जिल्लामा संक्रमितको संख्या दिनानुदिन थपिँदै गएपछि निषेधाज्ञाको समयावधि थप गर्नुपरेको विज्ञप्तीमा उल्लेख छ ।


प्रकाशित : २०७८ वैशाख २३ गते १९:०९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology