जन्म दिनमा रामपुर अस्पताललाई पि पि सेट प्रदान ।।

रमा भण्डारी
प्रकाशित : २०७८ जेठ १ गते २३:५७

जन्म दिनमा रामपुर अस्पताललाई पि पि सेट प्रदान ।
जेठ १ रमा भण्डारी रामपुर पाल्पा
रामपुर नगरपालिका वडा नम्वर ७ बस्ने रेडक्रस रामपुर साखाका अध्यक्ष र लायन्स कल्व अफ रामपुरका पुर्व अध्यक्ष ले रामपुर अस्पतालमा पि पि सेट प्रदान गर्नु भएको छ ।
रेडक्रस रामपुरका अध्यक्ष मनोरथ भट्टराई र लायन्स ल्कव अफ रामपुरका पुर्व अध्यक्ष दुर्गा प्रसाद भट्टराईले आफ्नो जन्म दिनको अवश्वर पारेर पि पि सेट रामपुर अस्पतालमा प्रदान गरेको हो ।
विश्व भरि फैलिएको कोराना भाइरस कोभिड १९ को यस विषम परिश्थीतीमा दिन रात नभनि जनताको उपचारमा खटिएका स्वस्थ्य कर्मिलाइ पि पि सेट जन्म दिनको अवश्वरमा अस्पतालमै पुगेर अस्पतालका संचालक समितिका अध्यक्ष बासुदेव भट्टराई र अस्पतालका मेडिकल सुपरीटेनडेन्ट विजय परियारलाइ पिपि सात सेट प्रदान गर्नु भएको हो । जन्म दिनको अवश्वरमा अन्य तिर खर्च गरेर मनाउन भन्दा यस्तो विषम परिश्थीतिमा उपचारमा खटिने स्वास्थ्य कर्मिलाइ पि पि दिएर मनाउने भनेर दिएकोमा अस्पतालका अध्यक्ष बासुदेव भट्टराई र रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले धन्यबाद दिनु भएको छ । कोरोनको कहरमा आफु बाँचौ र अरुलाइ बचाऔ भन्ँदै सहयोग गरेको मनोरथ भट्टराईले बताउनु भएको नेपाली काँग्रेस का नगर सभापति नेत्र प्रसाद भट्टराइले जानकारी दिनु भएको छ ।


प्रकाशित : २०७८ जेठ १ गते २३:५७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology