निस्दी गाउँपालिका पाल्पालाई होङशी शिवम सिमेन्ट प्रालिले अक्सिजन सिलिन्डर तथा बेड हस्तान्तरण

Kandara News
प्रकाशित : २०७८ जेठ २ गते २२:०४

निस्दी गाउँपालिका पाल्पालाई होङशी शिवम सिमेन्ट प्रालिले अक्सिजन सिलिन्डर तथा बेड हस्तान्तर

 पाल्पा जेठ २ निस्दी पाल्पालाई होङशी शिवम सिमेन्ट प्रालिले अक्सिजन सिलिन्डर तथा बेड हस्तान्तरण गरेको छ। कोभिड १९ कोरोना भाइरसको महामारी फैलिरहेको बेला आइतबार निस्दीलाई अक्सिजन सिलिन्डर ठुलो ५ थान , बेड १३ थान र पल्स अक्सिमिटर १३ थान सहयोग गरेको छ। सहयोग सामग्री होङशी शिवम सिमेन्ट प्रालि नवलपुरका जेम्स तथा जनसम्पर्क अधिकृत तिलक पाण्डेले संयुक्तरूपमा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुलाई हस्तान्तरण गर्नुभएको हो। हाल निस्दीमा अक्सिजन सहितको ७ बेडको आइसोलेसन कक्षा रहेको र ५० बेडको पुर्याउने लक्ष रहेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । त्यस्तै अहिलेसम्म निस्दीमा अक्सिजन सिलिन्डर ठुलो ६ थान र सानो १० थान रहेको प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो । पछिल्लो समयमा निस्दीमा समुदाय स्तरमा पनि कोरोना पोजिटिभ व्यक्ति देखिन थालेकोले संक्रमित व्यक्तिलाई पालिकाले तयार परेको आइसोलेसनमा राख्ने र उनीहरुको खाना खर्च पालिकालेनै बेहोर्ने अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । निस्दीले आइसोलेसन कक्षा गल्धाको ढुंगानावेशीमा तयार गरेको छ।


प्रकाशित : २०७८ जेठ २ गते २२:०४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology