पाल्पा मा १५ गते सम्म निशेधाज्ञा थप

Kandara News
प्रकाशित : २०७८ जेठ ३ गते १७:११

पाल्पा, कोरोना भाईरस संक्रमणको दर बढे संगै पाल्पामा निशेधाज्ञा दोस्रो पटक थप भएको छ । पहिलो पटक थप गरी जेठ ४ गते राती १२ बजे सम्मको गरिएको निषेधाज्ञा थप गरेर आगामी जेठ १५ राति १२ बजे सम्मलाई पुर्याएको हो ।

सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसि) पाल्पाको सिफारिसमा निषेधाज्ञालाई निरन्तरता दिईएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले आदेश जारी गर्दै निषेधाज्ञाको समयमा औषधी उपचार तथा अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गर्नु भएको छ ।

आदेश अनुसार स्वास्थ्य, संचार, विद्युत, खानेपानी, सरसफाई सेवा बाहेक , अन्य सरकारी तथा गैरसरकारी कार्यालय बाट प्रदान गरिने सबै प्रकारका सेवाहरु बन्द रहने छ । खाद्यान्न, तरकारी, दुध तथा माछामासु को पसल विहान ७ बजे देखि ९ बजे सम्म मात्र खुल्ला हुनेछ । मेडिकल तथा क्लीनिकहरु २४ सै घण्टा सञ्चालन हुनेछ । उल्लेख नभएका अन्य पसलहरु भने खोल्न पाईने छैन ।

विवाह व्रतवन्ध लगाएत संस्कार जन्य कार्यहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी घर मै सञ्चालन गर्नु पर्नेछ । जसमा १० जना भन्दा बढी सहभागी हुन पाईने छैन ।

जिल्ला प्रशासन कार्यालय बाट जारी निर्देशन

 


प्रकाशित : २०७८ जेठ ३ गते १७:११


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology