पूर्वखोलाले ६०-६४ उमेर समूहका नागरिकहरुलाई कोभिड विरुद्धको खोप लगाउँदै

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ जेठ २२ गते २०:२०

जेठ २२,पूर्वखोला

पाल्पा,नेपाल

पूर्वखोला गाउँपालिकाले पालिका भित्रका ६० देखि ६४ वर्ष उमेर समूहमा पर्ने जेष्ठ नागरिकहरुलाई कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाउने भएको छ ।
पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालद्वारा हस्ताक्षरित आज प्रकाशित सुचनामा आगामी जेठ २५ र २६ गते खोप कार्यक्रम सञ्चालन हुने उल्लेख गरिएको छ । निर्धारित कार्यक्रम अनुसार आगामी जेठ २५ गते सिलुवाका नागरिकहरुका लागि सिलुवा स्वास्थ्य चौकी तथा हेक्लाङ र वीरकोटका नागरिकहरुका लागि वीरकोट स्वास्थ्य चौकीमा एवं जेठ २६ गते जल्पा र देवीनगरका नागरिकहरुका लागि देवीनगर स्वास्थ्य चौकी तथा रिङ्नेरहका नागरिकहरुका लागि रिङ्नेरह स्वास्थ्य चौकीमा भेरोसेल खोप लगाउने कार्यक्रम तय गरिएको छ । खोप लगाउन लक्षित उमेर समूहभित्र पर्ने प्रमाण खुल्ने कागजातका साथ उपस्थित हुनुपर्ने पनि बताईएको छ । स्मरण रहोस यस अघि कोभिड-१९ को दोस्रो लहर सुरु हुनु अगावै ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक,जनप्रतिनिधि,कर्मचारी तथा पत्रकारहरुलाई खोप लगाउने कार्यक्रम सम्पन्न भईसकेको छ ।


प्रकाशित : २०७८ जेठ २२ गते २०:२०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology