पाल्पामा निषेधाज्ञा जेठ ३१ सम्म,विकास तथा वाणिज्य बैंकहरु खुल्ने

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ जेठ २३ गते ११:१३

पाल्पा,जेठ २३
जिल्ला संकट व्यवस्थापन केन्द्र (DCCMC) पाल्पाको आज सम्पन्न बैठकले निषेधाज्ञा जेठ ३१ गते राती १२:०० बजेसम्म थप गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेद्वारा जारी आदेशमा अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरु दूध,मासु,तरकारी,फलफूल,ग्याँस,पानी आदि (किराना पसल बाहेकका) पसलहरु र विकास बैंक तथा वाणिज्य बैंकहरु बिहान ७ बजेदेखि १० बजेसम्म खोल्न दिने पनि उल्लेख गरिएको छ । यस अघि दैनिक अत्यावश्यक वस्तुहरुको पसल बिहान ९ बजेसम्म मात्रै खुल्ने गरेकोमा १ घण्टा थप गरि १० बजेसम्म खुल्न पाउने बनाईएको छ भने विकास तथा वाणिज्य बैंकहरु समेत खुल्न पाउने बनाईएको छ । तर अन्य वित्तीय संस्था,सहकारी,बिमा कार्यालय लगायत सार्वजनिक यातायात,पसलहरु भने यथावत बन्द रहने पनि आदेेशमा  जनाईएको छ ।


प्रकाशित : २०७८ जेठ २३ गते ११:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology